२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

तलबको माँग गर्दै स्वास्थ्यकर्मीद्धारा नगरपालिकामा धर्ना

२०७५, २३ जेष्ठ बुधबार १५:५९

राम नारायण पंडित | जेठ २३, सिरहा | तलबको माँग गर्दै स्थानिय तहका स्वास्थ्यकर्मीहरुले मिर्चैया नगरपालिकामा धर्ना दिएका छन् । तलब उपलब्ध गराउन पटक–पटक माँग गरेपनि नगरपालिकाले पाँच महिनादेखि मासिक तलब उपलब्ध नगराएकोले बाध्य भएर आज (बुधबार) बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म धर्ना दिनु परेको स्बस्थ्यकमीहरुले बताए । 

संघीय संरचना लागू भएसँगै स्वास्थ्य मन्त्रालयले स्थानीय तहका प्राथामिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीको व्यवस्थापनको नेतृत्व स्थानीय सरकारलाई हस्तान्तरण गरिसकेको अबस्थामा नगरपालिकाले तलब उपलब्ध नगराउँदा समस्यामा परेको उनीहरुको भनाई रहेको छ । 

तलब बुझ्न नपाउँदा घरखर्च, बच्चाको शैक्षिक खर्च र घरभाडा समेत तिर्न नसकेको भन्दै स्बास्थ्यकर्मीहरुले मानसिक र शारीरिक समस्याको समेत सामना गर्नु परेको बताए । स्वास्थ्यकर्मीहरुले १२ सदस्यीय संघर्ष समिति गठन गरेर तलब उपलब्ध गराउन माँग गर्दे नगरपालिकाका मेयर श्रबण कुमार यादबलाई ज्ञापन पत्र समेत बुझाएका छन् । 


यता, मिर्चैया नगरपालिकाका मेयर श्रबण कुमार यादबले स्बास्थ्य मन्त्रालय तलबको लागि रकम नपठाएकोले बितरण गर्न नसकेको बताए । उनले भने “मन्त्रालयले पैसा पठाएको छैन, हामी पनि स्बास्थ्यकर्मीहरुको दुःख बुझिरहेका छौ्र, स्बास्थ्यकर्मीहरुलाई तलब खुबाउन मन्त्रालयसंग समन्बय समेत गरिरहेको छौं ।” बिकासको बजेटबाट ३० लाख रकम स्बास्थ्य क्षेत्रमा लगाएका भन्दै मेयर यादबले तत्काल दुई महिनाको भएपनि अर्को क्षेत्रको रकमबाट स्बास्थ्यकर्मीहरुलाई तलब बितरण गर्ने प्रयासमा रहेको बताए । मानबको जनजिबिकासंग प्रत्यक्ष स्बास्थ्य जोडिएकोले कार्यालय छाडेर आन्दोलन नगरी मन्त्रालयसंग सम्बन्बय गर्न आग्रह गर्दै मेयर यादबले त्यसका लागि नगरपालिकाले समेत सहयोग गर्ने आश्बासन दिए । 

मिर्चैया नगरपालिकामा एउटा प्राथमिक स्बास्थ्य केन्द्र र ७ बटा स्बास्थ्य चौकीमा गरी जम्मा ६५ जनाको हाराहारीमा कर्मचारी रहेका छन् । उनीहरुलाई माघ महिनादेखि अहिलेसम्मका करीब डेढ करोड तलब बितरण गर्न बाकी रहेको बताईएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी