Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा विद्यार्थी र अभिभावकलाई लागुऔषध दुर्व्यसन विरुद्ध अभिमुखिकरण

२०७५, २४ जेष्ठ बिहीबार १०:३०

शंकर के सी/जेठ २४ दाङ। दाङ तुलसिपुर उपमहानगरपालिका वडा नम्बर ३ मा विहिबार लागु औषध दुव्र्यशनी विरुद्ध अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । तुलसिपुर उपमहानगरपालिकाको आयोजना, वडा कार्यालयको व्यवस्थापन तथा युवा परिषद् दाङको सहजिकरणमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै तुलसिपुर ३ का वडा अध्यक्ष विर बहादुर विक विजयले लागुपदार्थको प्रयोगले व्यक्ति, घरपरिवार र समाजलाइ नै असर पार्ने भएकाले यसको लतमा कोहि पनि फस्न नहुने कुरामा जोड दिए । विशेष गरेर युवा अवस्थाका विद्यार्थी, किशोर अवस्थाका व्यक्ति लागु औषधको दुव्र्यशनमा लाग्ने गरेको भन्दै उनले यसलाइ रोक्न समाजका सबै जानकार व्यक्तिको दायीत्व हुन आउने कुरामा जोड दिए ।

अभिभावकले पनि आफ्ना छोराछोरीका हरेक क्रियाकलाप, साथीभाइ, विद्यालय समय बाहेक अरुबेला व्यतीत गर्ने ठाउँबारे जानकारी लिनुपर्ने विकको भनाइ थियो । कार्यक्रममा युवा परिषद् दाङका अध्यक्ष सुरेश रावतले विशेषतः आफ्ना सन्तान आठ, नौ कक्षामा पुग्दादेखि अभिभावकले उसको व्यवहार र आनीबानीमा ध्यान दिनुपर्ने सुझाव दिए ।

अभिमुखिकरण कार्यक्रममा एक सय ८० भन्दा बढि विद्यार्थी र अभिभावकहरुलाइ इलाका प्रहरी कार्यालय तुलसिपुरका प्रहरी निरिक्षक रमेश विष्टले लागुपदार्थ सेवनबाट हुने नकारात्मक प्रभावहरुका बारेमा प्रशिक्षण दिएका थिए । उनले बाबुआमाले छोराछोरीलाई आवश्यक ध्यान नदिई पारिवारिक वातावरण बिग्रँदा, साथीभाइको लहलहै, निराशा, असफलता र यस्ता वस्तु बेच्ने सेवन गर्ने गिरोहको करकापका कारण लागुपदार्थको प्रयोग गर्ने गरेको भेटिएको बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ