पढ्न करिब 1 मिनेट लाग्छ

जेठ २४, पाल्पा | रैनादेवी छहरा गाउँपालिका–८ सत्यवतीमा भिरबाट खसेर एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुने रैनादेवी छहरा गाउँपालिका–८ सत्यवतीका ४५ वर्षीय रेमबहादुर गाहा रहेका छन् ।

आज दिउँसो घरदेखि अन्दाजी ५०० मिटरको दूरीमा रहेको खरबारीमा घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।

जिल्ला अस्पताल पाल्पामा शव परीक्षणपछि आज आफन्तले बुझेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।(रासस)