२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा औलो रोगका दुई बिरामी भेटिए

२५ जेष्ठ २०७५, शुक्रबार ०६:२३

जेठ २५, दाङ | पश्चिम दाङको बबई गाउँपालिकाको विकट गाउँमा दुईजना औलो रोगका बिरामी फेला परेका छन् । 

राष्ट्रिय औलो रोग निवारण कार्यक्रमअन्तर्गत जिल्ला जनस्वास्थ्य कार्यालयले बिहीबार बबई गाउँपालिका–७ को मलै गाउँमा आयोजना गरेको स्वास्थ्य परीक्षणमा दुईजना औलो रोगका बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय दाङका औलो रोग निरीक्षक कमल चन्दले जानकारी दिनुभयो । 

उहाँका अनुसार परीक्षणका क्रममा बबई गाउँपालिका–७ मलैलाका बलबहादुर बुढा र उहाँकी छोरी कमला बुढामा औलो रोग भेटिएको हो । 

सो क्षेत्रबाट ज्वरो आउने, टाउको दुख्नेजस्ता लक्षण भएका बिरामी भेटिएपछि सो क्षेत्रमा विशेषज्ञसहितको टोली र हिजो उपचारका लागि त्यहाँ पुगेको हो । ५८ जनाको स्वास्थ्य परीक्षण गरेपछि दुईजनामा औलो रोग भेटिएको जनस्वास्थ्य कार्यालय दाङले जनाएको छ । 

मलै गाउँ पश्चिम दाङको निकै विकट क्षेत्र मानिन्छ । त्यहाँका नागरिक, स्वास्थ्य विकासका अन्य पूर्वधारबाट वञ्चित छन् ।(रासस)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता