५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बजेटले सञ्चारको विकास गर्ने

२५ जेष्ठ २०७५, शुक्रबार ०९:२२

जेठ २५, काठमाडौँ | सञ्चार क्षेत्रको विकासका लागि अहिले विनियोजित बजेटले महत्वपूर्ण भूमिका निर्वाह गरेको सहभागीहरुले बताएका छन् । 

सञ्चार केन्द्र नेपालले आज यहाँ आयोजना गरेको ‘नयाँ बजेटमा सञ्चार क्षेत्र’ विषयक छलफल कार्यक्रममा सञ्चार क्षेत्रमा विगतभन्दा धेरै बजेट विनियोजन भएकाले त्यसलाई कार्यान्वयन गरेर सञ्चारको विकास गर्न सकिने बताउनुभयो । 

कार्यक्रममा नेकपाका नेता सुरेन्द्र पाण्डेले यसपटक बजेटमार्फत सञ्चार क्षेत्रका लागि ल्याइएको कार्यक्रम राम्रो भएकाले कार्यान्वयनमा ध्यान दिनुपर्ने बताउनुभयो । 

पत्रकार दुर्घटना बीमा, त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पत्रकारिता विभागलाई पत्रकारिताको अनुसन्धान बनाउने कुरा राम्रो छ’’ उहाँले भन्नुभयो–‘‘यी कुरालाई कार्यान्वयन गर्न सके सञ्चार क्षेत्रको विकासमा फड्को मारिने छ ।’’ 

पूर्व अर्थमन्त्री समेत रहनुभएका नेता पाण्डेले श्रम कानून पत्रकारिताको क्षेत्रमा कार्यान्वयन गर्न समस्या परेको भन्दै सरकारले कडाइका साथ लागू गरे पत्रकारको व्यावसायिक सुरक्षा हुने बताउनुभयो । 

उहाँले पत्रकारले राष्ट्रिय गौरवको ठूला आयोजनाको कार्यान्वयनको अवस्थाका बारेमा खोजी पत्रकारिता गर्नुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले पत्रकारिताको विकास गर्नका लागि यसपटक सञ्चार क्षेत्रमा अधिक बजेट विनियोजन गरिएको बताउनुभयो । 

विनियोजित बजेट कार्यान्वयनमा शंका नगर्न आग्रह गर्दै उहाँले विकासका प्राथमिकताअनुसार नै बजेट आएको जानकारी गराउनुभयो । 

उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले राजनीतिक व्यक्तिले बजेट नबनाएको हुनाले श्रमजीविको पक्षमा नरहेको बताउनुभयो । 

सञ्चार केन्द्रका अध्यक्ष गोविन्द चौलागाईंले सञ्चार क्षेत्रको बजेट बढाउनुपर्ने बताउनुभयो ।(रासस)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता