२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२००८ देखि २०१७ सम्म: बैदेशिक रोजगारीमा जान ३५ लाख बढीले लिए अनुमति (कुन बर्ष कति ?)

२५ जेष्ठ २०७५, शुक्रबार १४:३२

सास | जेठ २५, काठमाडौँ | बैदेशिक रोजगारीमा २००८ पछि २०१७ सम्म ३५ लाख भन्दा बढी नेपालीले श्रम स्वीकृति लिएको बैदेशिक रोजगार बिभागको रिपोर्टले जनाएको छ | रिपोर्ट अनुसार बैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको शंख्या पनि घट्दै गएको देखिएको छ | 

बैदेशिक रोजगार विभागको पछिल्लो ९ बर्षको रिपोर्ट अनुसार २०१३/१४ मा सबैभन्दा बढी नेपाली बैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् | उक्त बर्ष मात्र ५ लाख १९ हजार ६३८ जनाले श्रम स्वीकृति लिएको रिपोर्टमा उल्लेख छ | जुन बर्ष २९ हजार १२१ जना महिलाले श्रम स्वीकृति लिएका थिए | त्यस्तै २००८/०९ मा बैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिने नेपालीको शंख्या २ लाख १९ हजार ९६५ रहेका थिए, जुन ९ बर्षको सबैभन्दा कम हो | 


कुन बर्ष कति नेपालीले श्रम स्वीकृति लिए, तल हेर्न सक्नुहुनेछ: 

२००८/०९: 2,19,965 जना 

२००९/१०:  2,94,094 जना 

२०१०/११: 3,54,716 जना 

२०११/१२: 3,84,665 जना 

२०१२/१३: 4,50,889 जना 

२०१३/१४: 5,19,638 जना 

२०१४/१५: 4,99,102 जना 

२०१५/१६: 4,03,693 जना 

२०१६/१७: 3,82,871 जना 

माथिको रेकर्डलाई मध्येनजर गर्ने हो भने २००८ देखि बैदेशिक रोजगारीमा जानेको शंख्या उकालो लागेर २०१३/१४ पछी निरन्तर घट्दै गएको थाहा हुन्छ | गएको बर्ष २०१६/१७ मा बैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिनेको शंख्या ३ लाख ८२ हजार ८७१ रहेको छ | जुन शंक्या २०१३/१४ को तुलनामा १ लाख ३६ हजार ७६७ जनाले कम हो | 

२००८ देखि २०१७ सम्म: कुन बर्ष कति महिलाले श्रम स्वीकृति लिए ? 

२००८/०९: 8,594 जना 

२००९/१०: 10,416 जना 

२०१०/११: 10,056 जना 

२०११/१२: 27,767 जना 

२०१२/१३: 22,958 जना  

२०१३/१४: 29,121 जना 

२०१४/१५: 18,467 जना 

२०१५/१६: 21,412 जना 

२०१६/१७: 20,105 जना 

हालसम्म कोरिया जान श्रम स्वीकृति लिनेको शंख्या कति ? 

बिभागको रिपोर्ट अनुसार २००८ देखि २०१७ सम्म (EPS) मार्फत कोरिया जान श्रम स्वीकृति लिनेको शंख्या ४४ हजार ९ सय ७८ जना रहेको छ | २००४ मा नेपाल सरकार र कोरिया सरकार बीच नेपाली कामदार कोरिया लैजाने सहमति भएको थियो | सन् २००८ देखि हालसम्म नेपालीहरु रोजगारीको शिलशीलामा कोरिया जादै आएका छन् | कोरियाले बार्षिक कोटाको आधारमा नेपालीहरुलाई कोरियामा कामदारको रुपमा लाँदै आएको छ | २००८ मा इपिएसको लागि परिक्षामा सामेल हुनेको शंख्या जम्मा ३१,५२५ जना रहेकोमा २०१७ मा ६८,३८३ जना परिक्षामा सामेल भएका थिए | 


सरकारले पछिल्लो समय बैदेशिक रोजगारीमा जाने र आउनेको शंख्याको समेत विवरण लिन सुरु गर्दैछ | यस अघि श्रम स्वीकृति लिएको आधारमा बैदेशिक रोजगारीमा कति गए भन्ने अनुमान मात्र भए पनि बिना श्रम स्वीकृति बिभिन्न बाटोबाट बैदेशिक रोजगारीमा जानेको शंख्या पनि बाक्लो छ | सरकारले बिभिन्न ११० मुलुकमा बैदेशिक रोजगारीमा जान खुला गरे पनि केहि त्यस्ता देशमा पनि नेपाली पुगेका छन् जुन नेपाल सरकारले मान्यता दिएको भन्दा बाहिर छ | सरकारले तोकेको ११० देश मध्ये इराक र अफगानिस्तान हाललाई रोक्का गरेको छ | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान