2026-09-04 01:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसिया सरकारद्वारा विदेशी कामदारको करार नवीकरण नगर्ने निर्णय

जेठ २७, काठमाडौं | मलेसिया सरकारले विदेशी कामदारको करार नवीकरण नगर्ने निर्णय लिएको छ  । मलेसियाले आप्रवासी कामदारको बढ्दो चापलाई रोक्न करार अवधि सकिएपछि विदेशी कामदारको करार नवीकरण नगर्ने निर्णय लिएको छ । 

मलेसियाको नयाँ सरकारले लिएको नयाँ नीतिमा यस सम्बन्धि नीतिबारे स्पष्ट उल्लेख गर्दै अघिल्लो वारिसन नेशनल गठबन्धन नेतृत्वको सरकारका पालमा भएका आप्रवासी कामदारको रिहाईरिङ कार्यक्रम उचित नभएको भन्दै नयाँ नीति लिएको संचार माध्यमहरुमा समाचार छ ।

मलेसिया सरकारले कामदार नवीकरण गर्दा व्यवस्थापनमा चुनौती भएको जनाएको छ । मलेसियाले जारी राखेको नवीकरण कार्यक्रम तीन हप्ता पछि जुन ३० तारेखमा सकिदैछ । सरकारले यस सम्बन्धि फरक नीति लिएपछि अब मलेसियामा अबैधानिक कामदारको भिषा नवीकरणको मिति नथप्ने र यसै महिनाको अन्त्यसम्म अवैध रुपमा रहेका कामदार दर्ता गर्न दिईएको समय नै अन्तिम भनेको छ । 

मलेसियाका गृहमन्त्री तान श्री मुह्दिद्दिन यासिनले जुलाई पहिलो तारेख देखि अवैध कामदारलाई कारवाहीमा तीव्र पारिने स्पष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२, ४ हजार ८७५ जना बेपत्ता रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ