2026-09-14 08:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

समाचार लेख्न क्रिकेट खेले दाङका पत्रकारले

जेठ २७ दाङ | जिल्लाका पत्रकारहरुले क्रिकेट खेलका नियम र समाचार लेखनको अभ्यास गरेका छन् । 

प्रेस चौतारी दाङ र प्रेस सेन्टर दाङले दाङ क्रिकेट संघको प्राविधिक सहयोगमा शनिबार घोराहीमा गरेको पत्रकारका लागि क्रिकेट खेल समाचार लेखन तालीमका सहभागी पत्रकारले अभ्यास खेल खेल्दै समाचार लेखेका थिए । 

क्रिकेटको अभ्यास, समाचार लेखन र नियमका बारेमा दाङ क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैया, सल्लाहकार किशोरचन्द्र गौतम र खेल शिक्षक देवेन्द्रसिंह ठकुरीले प्रशिक्षण दिनुभएको थियो । 

“जिल्लामा क्रिकेटप्रति आकर्षण वृद्धि गर्न सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका छ, खेलका केही प्राविधिक कुराहरु राम्रोसँग नबुझ्दा समाचारमा त्रुटिसमेत देखिने गरेको छ । यसलाई यो तालीमले चिर्ने काम गरेको छ”, दाङ क्रिकेट संघका अध्यक्ष मजगैयाले भन्नुभयो । 

दाङ क्रिकेट संघका सल्लाहकार गौतमले तालीमले क्रिकेट खेलका समाचार लेखमा थप सहयोग पुगेको विश्वास व्यक्त गर्नुभयो । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले खेलकूदको विकासका लागि उपमहानगरपालिकाले विशेष पहल थालेको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले