पढ्न करिब 1 मिनेट लाग्छ
<p><strong>जेठ २७, महोत्तरी । </strong>महोत्तरीको गौशालामा अत्यधिक गर्मीका कारण एकजना महिलाको मृत्यु भएको छ । गौशाला नगरपालिका – ८ मा खेतमा धान रोप्ने क्रममा अत्यधिक गर्मीका कारण बेहोस भई स्थानीयवासी ३५ वर्षीया सिकिलदेवी सदाको मृत्यु भएको छ ।</p><p>आज बिहान धान रोप्ने क्रममा बेहोस भएकी सदाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।</p><p>शव परीक्षणका लागि जलेश्वर पठाइएको प्रहरी निरीक्षक भोला भट्टले जानकारी दिनुभयो ।</p>

