Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७५ जेठ २७ गते, साँझ ७:४० बजे अछाम - ACM, समाज

महिला, बालबालिका तथा जेष्ठ नागरिकप्रति जनप्रतिनिधिको ठुलो जिम्मेवारीः सचिव उपाध्याय

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

कमल रावल | जेठ २७, अछाम | महिला तथा बालबालिका मन्त्रालयका सचिव ङईन्द्र प्रसाद उपाध्यायले महिला, बालबालिका तथा जेष्ठ नागरिकप्रति जनप्रतिनिधिको ठुलो जिम्मेवारी रहेको बताउनु भएको छ ।

अछामको मंगलसैनमा भएको अछाम, डोटी र बाजुरा जिल्लाका गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष, नगरपालिकाका प्रमुख उपप्रमुख एवं जिल्ला समन्वय समितिका संयोजक र उपसंयोजकसंको छलफल कार्यक्रममा बोल्दै उहाँले सरकारको नीति तथा कार्यक्रममा पनि यो सवाललाई प्राथमिकता साथ उठान गरेकोले यसको कार्यान्वयनका लागि उहाँले जोड दिनुभयो । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयसंग सम्बन्धित विषयमा स्थानीय जनप्रतिनिधिहरुसंगको अन्तक्रिया तथा छलफल कार्यक्रममा उहाँले कर्मचारीको व्यवस्थापन लगायतका कुरामा मन्त्रालय संवेदनशील रहेको बताउनु भयो ।

सहभागि जनप्रतिनिधिले महिला तथा बालबालिकाको क्षेत्रमा आएको रकम जनशक्ति अभावका कारण प्रभावकारी कार्यान्वयन हुन नसकेको बताउनु भएकोथियो । महिला, बालबालिका, जेष्ठ नागरिक लगायतका क्षेत्रमा कार्यक्रम बनाएपनि कार्यविधि नहुँदा कार्यान्वयन गर्न समस्या भएको जनप्रतिनिधिको गुनासो छ । रकम पनि कम आएको उनीहरुको गुनासो छ ।

सहसचिव राधिका अर्याल, उपसचिव बिनिता भट्टराई, पिर्थ बहादुर केसी लगायतले मन्त्रालयका काम, कर्तव्य तथा जनप्रतिनिधिको भूमिकाका बारेमा जानकारी गराउनु भएको थियो ।