२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

पत्रकारीतामा महिला पत्रकारको आकर्षण बढ्दै

२०७५, २७ जेष्ठ आईतवार १३:५९

प्रकाश बम | जेठ २७, डोटी | ७ नम्बर प्रदेशमा महिला पत्रकारको आकर्षण बढ्दै गएको नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य मिन बलमे बताउनु भयो । 

आज सिलगढीमा गरीएको सामाजिक सञ्जालको सुरक्षा र बजारीकरण बिषयक कार्यशाला गोष्ठिमा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो । पछिल्लो समयमा सात नम्बर प्रदेशमा इलेक्ट्रोनि मिडियाको तिव्र विकाससंगै महिला पत्रकारहरुको पत्रकारीतामा आकर्षण बढेको केन्द्रिय सदस्य बमले बताउनु भयो । पछिल्लो समय न्युनतम पारिश्रमिक निर्धारण समितिले सिफारीस गरे अनुसार सेवा सुविधा मिडिया हाउसले उपलब्ध गराउन थालेपछि महिला सङ्ख्या बढ्दै गइरहेको उहाले बताउनु भयो । अहिले समयमा सामाजिक संजालमा फैलिएका बिकृतिलाई न्युनिकरण गर्न र

प्राबिधिक रुपमा जनचेतना फैलाउन यस कार्यक्रमले ठुलो भुमिका रहने सदस्य बमले बताउनु भयो ।

त्यस्तै सोहि कार्यक्रममा बोल्दै दिपायल सिलगढी नगरपलिका निमित्त कार्यकारी निर्देशक भोज राज शर्माले अहिलेको समयमा यस्ता कार्यक्रमले आवश्यक रहेको बताउनु भयो । त्यस्तै कार्यक्रममा दिगो विकासका लागि प्राकृतिक श्रोत संरक्षण केन्द्र नेपाल दाङ जिल्लाका कार्यक्रम संयोजक तथा सचिव नारायण भण्डारीले संस्थाले सुचना प्रविधिमा महिला सहभागिता सम्बन्धि काम गर्दै आई रहेको बताउनु भयो । 


डोटी जिल्लाका बिभिन्न मिडियामा कार्यरत महिला पत्रकार र पदम पव्लीक मुक्ति नायारण उच्च माध्यमिक बिद्यालयमा अध्ययनरत छात्राहरुको सहभागिता रहेको थियो ।

५० जना सहभागि रहेको तालिमको सहजिकरण इन्जिनियर सागर गौलि र सहायक प्रशिक्षक अजय सुनारले गर्नु भएको थियो । दिगो विकासका लागि प्राकृतिक श्रोत संरक्षण केन्द्र नेपाल दाङको आयोजना तथा नेपाल दुरसञ्चारको प्राधिकरण काठमाण्डौ सहयोगमा गरीएको सामाजिक सञ्जालको सुरक्षा र बजारीकरण बिषयक कार्यशाला गोष्ठिको अध्यक्षता भिम खत्रिले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित