Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दैलेख - DLK

दैलेखमा भीरबाट खसेर एकको मृत्यु

२०७५, २७ जेष्ठ आईतवार १८:०७

जेठ २७, दैलेख । दैलेखको नौमुले गाउँपालिका–७ पैतीकी एक महिलाको भीरबाट खसेर मृत्यु भएको छ । २८ वर्षीया सितला बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक बजीरसिंह विष्टले जानकारी दिए ।

सिलाजुपाखा भन्ने वनमा घाँस काटेर फर्किंदै गर्दा आँसी उद्याउने गल्फा भन्ने ठाउँमा बोकेको भारी भित्तामा ठोकिँदा चिप्लेर झन्डै ८० मिटर तल ठूलाखोलामा खसेर उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।

भीरबाट खस्दा टाउको फुटेको र शरीरभरी चोट लागेर खोलाको किनारमा खसेको अवस्थामा गोठाला गएका तिलबहादुर बस्नेत र घटनास्थलनजिक घट्ट कुरुवा जंगबहादुर बस्नेतले पानी खुवाएलगत्तै प्राण गएको पारिवारका सदस्यले बताए । साथैमा घाँस काट्न गएकी काइली देवरानी निर्मला विक अगाडि भएको कारण जेठानी सितला भीरमा खसेको आवाज आएपछि मात्र थाहा पाएकी थिइन् । सितलाले बोकेको घाँसको भारी अहिले पनि भीरमै अड्किएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश