जेठ २९,काठमाडौं । नेपाल राष्ट्र बैंकले  तीन वर्ष अघि नेपाल सरकारले लागू गरेको  भिसा र टिकट प्रावधान पुनरावलोकन गर्न सुझाव दिएको छ । हाल  २ तिहाइ कामदारले न्यूनतम शूल्क भन्दा बढी रकम तिर्नुपर्ने अवस्था रहेकोले फ्री भिषा र फ्री टिकट निर्णय पुनरावल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ २९,काठमाडौं । नेपाल राष्ट्र बैंकले  तीन वर्ष अघि नेपाल सरकारले लागू गरेको  भिसा र टिकट प्रावधान पुनरावलोकन गर्न सुझाव दिएको छ । हाल  २ तिहाइ कामदारले न्यूनतम शूल्क भन्दा बढी रकम तिर्नुपर्ने अवस्था रहेकोले फ्री भिषा र फ्री टिकट निर्णय पुनरावल"/>
2026-09-04 01:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्र बैंक भन्छ : फ्रि भिसा र फ्रि टिकट निर्णय पुनरावलोकन गर

जेठ २९,काठमाडौं । नेपाल राष्ट्र बैंकले  तीन वर्ष अघि नेपाल सरकारले लागू गरेको  फ्री भिसा र फ्री टिकट प्रावधान पुनरावलोकन गर्न सुझाव दिएको छ । हाल  २ तिहाइ कामदारले न्यूनतम शूल्क भन्दा बढी रकम तिर्नुपर्ने अवस्था रहेकोले फ्री भिषा र फ्री टिकट निर्णय पुनरावलोकन गर्न राष्ट्र बैंकले सुझाव दिएको  छ ।

 ‘फ्रि भिसा र टिकटको प्रावधानले बैदेशिक रोजगारीमा पारेको प्रभाव’बारे राष्ट्र बैंकले गरेको अध्ययनले हाल सरकारी अनुगमन कमजोर रहेको र म्यानपावर व्यवसायीले अपारदर्शी ढंगले रकम लिने गरेको गुनासो आएपनि त्यसको प्रभावकारी  कार्यान्वयन हुन नसकेको जनाएको छ ।

राष्ट्र बैंकले बैदेशिक रोजगारी सम्वन्धी मापदण्ड तयार पारेर ‘फ्रि भिसा र टिकटको प्रावधान पुनरावलोकन गर्न भनेको छ । गन्तव्य मुलुकसँग सझौता गरेर आफ्नो प्रावधान अवतग गराएर मात्र लागू गर्नु पर्ने  सुझाव दिएको  छ ।निश्चित आम्दानीको सीमा तोकेर त्यसका लागि मात्रै फ्रि भिसा र टिकटको प्रावधान लागू गर्ने र त्यसभन्दा बढी आम्दानी हुने कामका लागि मापदण्ड बनाएर आम्दानीका आधारमा शुल्क उठाउन पाउने व्यवस्था गर्न पनि सुझाव दिएको छ ।

तोकिएको न्युनतमभन्दा बढी आम्दानी हुने कामका लागि मापदण्ड तयार गरी व्यवसायीले लिन पाउने रकमलाई आम्दानीसँग आवद्ध गर्न उपयुक्त हुने राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।  बढी आम्दानी देखाएर नक्कली सम्झौतापत्र बनाएर कामदार पठाएमा त्यसअनुसारको रकम म्यानपावर कम्पनीबाट असुल गरेर काकदारलाई क्षतिपूर्ति दिने व्यवस्था गर्नु उपयुक्त हुने अध्ययनले देखाएको छ ।

सरकारले २०७२ असार २१ गतेबाट लागू हुनेगरी मलेसिया सहित सात देशमा जानको लागि फ्री भिषा र फ्री टिकटको व्यवस्था लागू गरेपनि म्यानपावर व्यवसायीले कार्यन्वयन गराएका छैनन् साथै नेपाल बैदेशिक रोजगार व्यवसायी संघले कामदारको एक महिनाको तलब बराबर सेवा शुल्क लिन पाउनुपर्ने र रोजगारदाताले टिकट उपलब्ध नगराएको खण्डमा कामदार स्वयंले टिकट काटेर जान पाउनुपर्ने माग गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२, ४ हजार ८७५ जना बेपत्ता रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ