२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हवाई भाडा महँगीको विरोधमा हुम्लीवासी आन्दोलित

२९ जेष्ठ २०७५, मंगलवार १३:२६

रेशमराज रोकाया/जेष्ठ २९, हुम्ला | सडक सञ्जाल नछोएको हुम्ला लगायत दुर्गममा नेपाल सरकारले ५४ प्रतिशत हवाई भाडा वृद्धि गरेमा हुम्लीवासी आन्दोलित भएका छन् । हवाइभाडा घटाउनुपर्ने माग सहित जिल्लाका सबै स्थानीय तहहरुमा आज धर्ना दिइएको छ । पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले वैशाख २६ गते ५४ प्रतिशत हवाई भाडा बढाउने निर्णय गरेकोमा दुर्गमका वासिन्दाले आपत्ती जनाएका हुन् । 

हुम्ली जनताको माग प्रति सरकार तथा सरोकारवाला निकायले हाल सम्म कुनै चासो नदेखाएकाले चरणबद्ध आन्दोलनका कार्यक्रम अगाडि बढाइएको उद्योग वाणिज्य संघ हुम्लाका अध्यक्ष नाग्मेल तामाङले बताए । ‘सरकारले हाल चार्टर उडानको नाममा यात्रुबाट महँगो भाडा लगेकोले आफुहरुको आन्दोलनलाई व्यवास्ता गरेमा हुम्लामा हुने सबै उडान सदाका लागि बन्द गर्ने सम्मका कार्यक्रम राखिएको तामाङ्गको भनाई रहेको छ । सिमकोट–नेपालगञ्ज तथा नेपालगञ्ज–सिमकोटको रु ७ हजार १ सय ९० भाडा दर कायम गर्ने निर्णय गरेको छ । जुन हुम्ली जनताका लागि भ्रमित र अन्यायपुर्ण भएको स्थानियको भनाई रहेको छ । बुधबार जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिने र विहीबार सिमिकोट बजार बन्द गर्ने आन्दोलनकारीले घोषणा गरीसकेको छन् ।

हुम्ला राष्ट्रिय सडक सञ्जाल नजोडिएका कारण एक मात्रै यातायातको साधन हवाई सेवा हो । जिल्ला बाहिर जानु र यहाँ आउनु पर्दा हवाईयात्रा बाहेक कुनै पनि माध्यम सम्भव नभएको कारण हवाई कम्पनीले मनपरी गरेको स्थानिय गोर रावतले बताउनु भयो । यस्तो बेला राज्यले सहुलियत दिनुको सट्टा उल्टै हुम्ली जनताहरु हवाई जहाजको चर्को भाडा तिरेर आवतजावत गर्न बाध्य बनाइएकाले यसको विरोध स्वरुप हुम्ला उद्योग वाणिज्य संघ हुम्लाको नेतृत्वमा चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको छ ।

दैनिक उपभोग्य वस्तुका साथै विकास निर्माण सामाग्री ढुवानी गर्ने उनले भने मंगलबार जिल्लाका सबै स्थानीय तहमा धर्ना गरिएको र बिहीबार जिल्ला प्रशासन कार्यलयमा पनि धर्ना दिने कार्यक्रम रहेको छ । विरोध स्वरुप जेठ ३१ गते सदरमुकाम सिमकोट बजार बन्द गरिने असार १ गते सिमकोट नागरिक उडड्यन प्राधिकरण कार्यालयको मुल गेटमा कालोपट्टि बाँधेर धर्ना दिने, असार २ मा सिमकोट नागरिक उडड्यन प्राधिकरणको कार्यलय बन्द गर्ने, उद्योग वाणिज्य संघ हुम्लाले जनाएको छ । अन्दोलनमा उद्योग वाणिज्य संघ हुम्ला नागरिक समाज हुम्ला, निर्माण व्यवसाय हुम्ला होटेल व्यवसायी हुम्ला, नेपाल पत्रकार महासंघ, हुम्ला र जिल्ला स्थित राजनितिक दलहरुले संयुक्त रुपमा आन्दोलनलाई सघाउने ऐक्यवद्धता समेत जनाई सकेको छन् । 

सामानलाई भित्र्याउनको लागि नेपालगञ्जबाट प्रति किलो १ सय ३० र सुर्खेतबाट १ सय २० रुपैयाँमा भित्र्याउनु पर्ने बाध्यताको कारण हुम्लामा नेपालकै महँगो मुल्यमा सामानको खरिद विक्रि हुने गरेको छ । हाल सिमिकोटलाई मध्यनजर गर्दै मानसरोवर र कैलाश यात्राको लागि भारतिय नागरिक मात्र ओसार्ने गरेको कारण स्थानियलाई आवतजावतको लागि समेत कठिनाई हुँदै आएको छ । एक हवाई कम्पनीले स्थानियलाई २ वटा मात्र टिकट दिने गरेको कारण विरामी, अशक्त, अपाँगता भएका व्यक्तिको लागि समस्या हुँदै आएको छ । 

कर्णालीका हुम्ला र डोल्पामा पुग्नको लागि अझै हवाई सेवा बाहेक कुनै विकल्प नभएको भएता पनि सरकारले मोटरबाटोको लागि कुनै पहल कदमी नगरी सुस्त गतीमा कर्णाली करिडोरको राष्ट्रिय गौरबको आयोजना भनेता पनि वर्षौं लाग्ने देखिएको छ । 

सडक मार्ग नबन्दा सम्म बर्षौ सम्म यहाँका स्थानिय हवाई मार्गको महँगो भाडा तिर्न बाध्य भएका छन् । काम विशेषले शहर जान पर्छ, बालबालिकालाई शिक्षा, औषधोपचारको लागि पनि जिल्ला बाहिर जानु पर्ने भएको कारण यहाँका वासिन्दाको जीवन स्तर कठिन भएको छ । एक पटक कामको लागि राजधानी पुग्दा सम्म लाखौंको जोहो गरेर मात्र जान पर्ने बाध्यता भएको स्थानिय सिमिकोट ६ का सुवाश रावतले जानकारी गराउनु भयो । धनीले त जेनतेन जालान् तर गरीवको औषधोपचार र काम यही हवाई मार्गको कारण गर्न नसकिरहेको रावतको तर्क रहेको छ । हुम्लामा हाल नेपाल वायुसेवा निगमको जहाज हप्तामा दुई पटक उडान तालिका भएको भएता पनि जहाज हुम्लविासीले नदेखेको महिनौं भईसकेको छ भने निजी स्तरका तारा, समिट र सिता ईयले हवाई उडान भर्दै आईरहेका छन् । निजी विमान एकल ईन्जिनको मकालु ईयर हाल सञ्चालनमा नभएकोले थप सास्ती स्थानियले खेप्दै आईरहेको छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य