प्रभात सुवदी । ३१ जेठ, बर्दिया । 

बर्दियाबाट विभिन्न सञ्चारमाध्यमहरुमा रहेर सधैं कलमको साथ लिई समाचार सम्प्रेषण गर्ने पत्रकारहरुले कलमलाई विश्राम दिएर बर्दिया राष्ट्रिय निकुञ्जमा पुगी भिउ प्वाइन्टमा एउटा आँखा राखेर "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवदी । ३१ जेठ, बर्दिया । 

बर्दियाबाट विभिन्न सञ्चारमाध्यमहरुमा रहेर सधैं कलमको साथ लिई समाचार सम्प्रेषण गर्ने पत्रकारहरुले कलमलाई विश्राम दिएर बर्दिया राष्ट्रिय निकुञ्जमा पुगी भिउ प्वाइन्टमा एउटा आँखा राखेर "/>

2026-09-08 01:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

निकुञ्जमा पत्रकारले नै निशाना लगाएपछि ! (भिडियो सहित)

प्रभात सुवदी । ३१ जेठ, बर्दिया । 

बर्दियाबाट विभिन्न सञ्चारमाध्यमहरुमा रहेर सधैं कलमको साथ लिई समाचार सम्प्रेषण गर्ने पत्रकारहरुले कलमलाई विश्राम दिएर बर्दिया राष्ट्रिय निकुञ्जमा पुगी भिउ प्वाइन्टमा एउटा आँखा राखेर अर्को आँखा चिमिक्क चिम्लिएर निशाना लगाएका छन् । 


फोटो पत्रकार महासंघ जिल्ला कार्यसमितिले स्थापनाको एक वर्षमै जिल्लामा सक्षम र स्तरीय फोटो पत्रकारिताको अभाव हुन नदिई पत्रकारहरुले खिचेका तस्बीरहरुमा गुणस्तरीयता कायम गर्ने उद्देश्यका साथमा गत बिहीबारदेखि सञ्चालन गरेको तीन दिने आधारभूत फोटो पत्रकारिता तालिमको अन्तिम दिन शनिबार दुई दर्जन पत्रकारहरुले बर्दियाको ठाकुरद्वारामा पुगेर क्यामेराबाट विभिन्न मनोरम दृश्यहरुका साथै वन्य जन्तुहरुको फोटोहरु कैद गरेका छन् । 

बिहीबारदेखि सदरमुकाम गुलरियामा शुरु गरिएको तालिममा मुख्य प्रशिक्षकका रुपमा काठमाडौंबाट आउनुभएका प्राध्यापक मधुसुदन थापा रहनुभएको थियो । 

गुलरिया नगरपालिका वडा नं. ६ को वडा कार्यालयको सहयोग तथा नेपाल फोटो पत्रकार महासंघ जिल्ला कार्यसमिति बर्दियाको आयोजनामा सम्पन्न यो तालिमको समुद्घाटन समारोहमा गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादवले तालिमले बर्दिया जिल्लामा कार्यरत पत्रकारहरुको फोटो पत्रकारिता क्षेत्रमा निखारता आउने कुरा व्यक्त गर्नुहुँदै फोटोका माध्यमबाट समाजको रुपान्तरणमा योगदान पुग्ने कुरा बताउनुभयो । 

प्रशिक्षक मधुसुदन थापाले प्रशिक्षार्थीहरुलाई क्यामराका आधारभूत पक्षहरु तथा प्राविधिक ज्ञान दिनुका साथै क्यामराका प्रकार तथा यसले काम गर्ने सैद्धान्तिक पक्षहरुका बारेमा जानकारी गराउनुभएको थियो । 

तालिमको दुई दिन सम्मको अवधिमा कोठामै सिमित रहेर सिकेको ज्ञानलाई व्यवहारिक रुपमा उतार्नका लागि ठाकुरद्वारा पुगेका पत्रकारहरुले त्यहाँ रेहेको गैंडा क्याम्प रिसोर्टमा समापन कार्यक्रमको आयोजना गरेका थिए । कार्यक्रममा बोल्दै चोरी शिकारी नियन्त्रण युवा परिचालन अभियान सञ्जालका अध्यक्ष हेमन्त आचार्यले यस तालिमबाट बर्दिया जिल्लामा रहेका पत्रकारहरुले वाइल्ड लाइफ तथा जैविक विविधताको प्रचारप्रसार गरी विश्वभरी नै बर्दिया जिल्लालाई चिनाउने प्रयास सार्थक हुने विश्वास व्यक्त गर्नुभयो । यसैगरी चराविज्ञ रामबहादुर शाहीले तालिम अत्यन्तै महत्वपूर्ण रहेको र फोटो पत्रकारिताको माध्यमबाट निकुञ्ज र पत्रकारहरुको सम्बन्ध अझै सुमधुर हुदै जाने कुरामा आशावादी हुनुभयो । 

समापन कार्यक्रममा प्रशिक्षक मधुसुदन थापाले यो तालिम आधारभूत तालिम पनि हुन नसकेको र तीन दिन समय अत्यन्तै कम भएको र आगामी दिनमा यस प्रकारका तलिमहरु कम्तीमा पनि एक हप्ताको हुनुपर्ने बताउनुभयो । सहभागी प्रशिक्षार्थीहरुलाई समापन कार्यक्रममा प्रमाणपत्र प्रदान गरिएको थियो । 

जिल्ला अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष यादव आचार्यले तालिम अत्यन्तै फलदायी रहेको र यो तालिमले फोटो पत्रकारिताको क्षेत्रमा अहिलेसम्म नबुझीकन नै काम गरिएको रहेछ भन्ने महशुस गराएको बताउनुभयो । साथै वहाँले तीन दिने तालिमले पाएको ज्ञान र सिपलाई उच्चतम रुपमा प्रयोग गर्नका लागि सम्पूर्ण सहभागी पत्रकारहरुलाई शुभकामना दिनुहुँदै प्रशिक्षक मधुसुदन थापालाई पनि धन्यवाद व्यक्त गर्नुभयो । 

कार्यक्रमको समापन पश्चात पत्रकारहरुको टोलिले निकुञ्जमा रहेको गैंडा मचान देखि खौराहा क्रस सम्म करिब दुई घण्टा र्याफ्टिङ्ग  गर्दे वरपर देखिएका विभिन्न दृश्यहरुको फोटो तथा भिडियो कैद गरेका थिए भने यसरी कैद गरिएका तस्बीहरुमा देखिएका कमी कमजोरीहरु तथा प्राविधिक पक्षहरुका बारेमा प्रशिक्षक थापाले टिप्पणी गर्नुभएको थियो ।

हेर्नुहोस् भिडियो 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल