Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

कञ्चनपुरमा गाडीको ठक्करबाट एक पैदलयात्रुको मृत्यु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>असार १, कञ्चनपुर | </b>पूर्व—पश्चिम राजमार्गअन्तर्गत पर्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१०, झलारी बजारमा फलफूल तथा तरकारी ढुवानी गर्ने म १ च १९१ नम्बरको गाडीले ठक्कर दिँदा बिहीबार साँझ पैदलयात्रुको मृत्यु भएको छ ।&nbsp;<br></p><p>लामो समयदेखि झलारी बजारको सत्कार होटलमा काम गर्दै आएका बेदकोट नगरपालिका–४, बैतोडाका अन्दाजी ३८ वर्षीय खडकसिंह जाग्रीको मृत्यु भएको इलाका प्रहरी कार्यालय, झलारीका प्रहरी निरीक्षक रमेशप्रसाद अवस्थीले बताउनुभयो ।&nbsp;</p><p>बेलौरीबाट आँप बोकेर आउँदै गरेको गाडीले जाग्रीलाई झलारी बजारमा ठक्कर दिएको उहाँले बताउनुभयो । ढुवानीको गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गाडीका चालक फरार भएका छन् । मृत जाग्रीको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पतालमा लगिएको छ । रासस</p>