2026-06-16 08:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘सानै छ, यो अबोधलाई आफ्नो आमालाई के भएको भन्ने के थाहा ?’

असार १, काठमाडौँ | बैदेशिक रोजगारीको क्रममा जोर्डन पुगेर १३ महिना पछि बस दुर्घटनामा परि मृत्यु भएकी चौदण्डी नगरपालिका ४, उदयपुरकि २२ बर्षीय रविना राईको परिवारलाई सहायता वितरण गरिएको छ । राईको छोरा सहित अन्य परिवारको उपस्थितिमा काठमाडौँको एससीसी म्यानपावरले जोर्डन स्थित कम्पनी र नेपालीहरुको सहयोगमा आएको ६ हजार अमेरिकी डलर भन्दा बढी सहयोग प्रदान गरेको हो । 

यस अघि उनको परिवारले बैदेशिक रोजगार पर्वर्दन बोर्ड र बिमा बापत २० लाख २८ हजार रकम लिई सकेको छ । यसरी कुल हुन आउने सम्पूर्ण रकम मृतक रविनाको नावालक छोरा उद्योग राईको खातामा फिक्स डिपोजिट गरिएको छ ।


मृतक  रविना राई १५ महिना अघि एससीसी म्यानपावर कम्पनीबाट जोर्डनको इएम मालिवन टेक्सटायल (गार्मेन्ट) उद्योगमा काम गर्न गएकी थिइन् । रोजगारीको शिलशिलामा साथीहरुसँग घुम्न जाने क्रममा उनको बस दुर्घटनामा परेर मृत्यु भएको थियो । 

राईको मृत्यु पछि ७ दिनमा उनको शव नेपाल ल्याईएको थियो । उनको मृत्यु पछी उनको परिवारले बैदेशिक रोजगार पर्वर्दन बोर्ड र नेपाल सरकारले व्यवस्था गरेको बिमाबाट २० लाख २८ हजार पाईसकेको छ भने शुक्रबार कमलपोखरी स्थित एससीसी म्यानपावर कम्पनीले पत्रकार सम्मेलन गरि जोर्डन स्थित कम्पनी र नेपालीहरुको सहयोग रकम सहित उनको परिवारलाई ६ हजार २५८ अमेरिकी डलर थप सहायता प्रदान गरेको छ । 

माथिको तश्विरमा: जोर्डन स्थित कम्पनीका एचआर मोहम्मद डीन मृतक रविनाकी आमा कल्पना राईलाई सहयोग वापतको  ६,२५८ डलर रकम प्रदान गर्दै । 

माथिको तश्विरमा: जोर्डनमा बस दुर्घटनामा जान गुमाएकी रविना राईको नावालक छोरा उद्योग राई ।

रविना राईको आमा कल्पना राईले छोरीको मृत्यु पछी आएको रकम नाति उद्योग राईको नाममा राख्ने र उद्योगकै भविष्यको लागि बैंकमा जम्मा गरिदिने बताइन । उनले आफ्नो नातितर्फ इशारा गर्दै भनिन् – 'सानै छ, यो अबोधलाई आफ्नो आमालाई के भएको भन्ने कुनै चेतना छैन । यही छोराको भविष्य बनाउँछु भन्दै जोर्डन गएकी छोरीको मृत्यु भयो, अब यसको भविष्य बन्ने भयो तर छोरी रहिन । आमाको काँख नपाए पनि म्यानपावर, नेपाल सरकार र जोर्डनको कम्पनीले सहयोग गरेको छ, सबै पैसा फिक्स डिपोजिट गरेर राखिदिन्छौं । त्यहि पैसाले पाउने ब्याजले नातिको भविष्य बनाउँछ ।' रविनाको ठूलो दाई अविन कुमारले बहिनीको दुखद मृत्यु भएपनि भान्जाको भविष्य बनाउन र बहिनीको इच्छा पुरा गर्न प्राप्त भएको सहयोग निकै महत्वपूर्ण रहेको भन्दै सहयोगको लागि सबै पहल म्यानपावरले गरेको भन्दै म्यानपावरलाई धन्यवाद दिए । उनले भने 'अरु म्यानपावरले विदेश पठाएपछी कामदारको समस्यामा खासै चासो नदिने बताईरहँदा हामीले यो म्यानपावरकै पहलमा सहयोग पाउन सफल  भयौं । म्यानपावरलाई धेरै धन्यवाद ।' 

माथिको तश्विरमा: पत्रकार सम्मेलनमा: एससीसी म्यानपावरका संचालक अबुल शाह, साथमा जोर्डन स्थित इएम मालिवन टेक्सटायल (गार्मेन्ट)का एचआर प्रमुख मोहम्मद डीन ।

राइको परिवारलाई सहयोग रकम हस्तान्तरण गर्न आईपुगेका कम्पनीका ह्युमन रोसोर्स प्रमुख मोहम्मद डीनले राइको कम्पनी मार्फत बिमा रकमको लागि समेत प्रक्रिया जारी रहेको भन्दै उक्त बिमा रकम आएपछी पुन: थप रकम उनको परिवारले पाउने साझा सबाललाई बताएका छन् । 

जोर्डनको कम्पनी, नेपालीहरु र म्यानपावरले रविनाको परिवारलाई सहयोग गर्दै गर्दा रविनाको नाबालक छोरा उद्योग राई पनि पत्रकार सम्मेलनमै उपस्थित थिए । रविनाको मृत्यु पछी प्राप्त भएका सम्पूर्ण रकम उद्योग राईको नाममा बैंक खाता खोली राखिदिने र त्यसैको ब्याजले उद्योगको भविष्य बनाउन खर्च गरिने उनको परिवारले बताएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ