२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘सानै छ, यो अबोधलाई आफ्नो आमालाई के भएको भन्ने के थाहा ?’

१ असार २०७५, शुक्रबार १३:२७

असार १, काठमाडौँ | बैदेशिक रोजगारीको क्रममा जोर्डन पुगेर १३ महिना पछि बस दुर्घटनामा परि मृत्यु भएकी चौदण्डी नगरपालिका ४, उदयपुरकि २२ बर्षीय रविना राईको परिवारलाई सहायता वितरण गरिएको छ । राईको छोरा सहित अन्य परिवारको उपस्थितिमा काठमाडौँको एससीसी म्यानपावरले जोर्डन स्थित कम्पनी र नेपालीहरुको सहयोगमा आएको ६ हजार अमेरिकी डलर भन्दा बढी सहयोग प्रदान गरेको हो । 

यस अघि उनको परिवारले बैदेशिक रोजगार पर्वर्दन बोर्ड र बिमा बापत २० लाख २८ हजार रकम लिई सकेको छ । यसरी कुल हुन आउने सम्पूर्ण रकम मृतक रविनाको नावालक छोरा उद्योग राईको खातामा फिक्स डिपोजिट गरिएको छ ।


मृतक  रविना राई १५ महिना अघि एससीसी म्यानपावर कम्पनीबाट जोर्डनको इएम मालिवन टेक्सटायल (गार्मेन्ट) उद्योगमा काम गर्न गएकी थिइन् । रोजगारीको शिलशिलामा साथीहरुसँग घुम्न जाने क्रममा उनको बस दुर्घटनामा परेर मृत्यु भएको थियो । 

राईको मृत्यु पछि ७ दिनमा उनको शव नेपाल ल्याईएको थियो । उनको मृत्यु पछी उनको परिवारले बैदेशिक रोजगार पर्वर्दन बोर्ड र नेपाल सरकारले व्यवस्था गरेको बिमाबाट २० लाख २८ हजार पाईसकेको छ भने शुक्रबार कमलपोखरी स्थित एससीसी म्यानपावर कम्पनीले पत्रकार सम्मेलन गरि जोर्डन स्थित कम्पनी र नेपालीहरुको सहयोग रकम सहित उनको परिवारलाई ६ हजार २५८ अमेरिकी डलर थप सहायता प्रदान गरेको छ । 

माथिको तश्विरमा: जोर्डन स्थित कम्पनीका एचआर मोहम्मद डीन मृतक रविनाकी आमा कल्पना राईलाई सहयोग वापतको  ६,२५८ डलर रकम प्रदान गर्दै । 

माथिको तश्विरमा: जोर्डनमा बस दुर्घटनामा जान गुमाएकी रविना राईको नावालक छोरा उद्योग राई ।

रविना राईको आमा कल्पना राईले छोरीको मृत्यु पछी आएको रकम नाति उद्योग राईको नाममा राख्ने र उद्योगकै भविष्यको लागि बैंकमा जम्मा गरिदिने बताइन । उनले आफ्नो नातितर्फ इशारा गर्दै भनिन् – 'सानै छ, यो अबोधलाई आफ्नो आमालाई के भएको भन्ने कुनै चेतना छैन । यही छोराको भविष्य बनाउँछु भन्दै जोर्डन गएकी छोरीको मृत्यु भयो, अब यसको भविष्य बन्ने भयो तर छोरी रहिन । आमाको काँख नपाए पनि म्यानपावर, नेपाल सरकार र जोर्डनको कम्पनीले सहयोग गरेको छ, सबै पैसा फिक्स डिपोजिट गरेर राखिदिन्छौं । त्यहि पैसाले पाउने ब्याजले नातिको भविष्य बनाउँछ ।' रविनाको ठूलो दाई अविन कुमारले बहिनीको दुखद मृत्यु भएपनि भान्जाको भविष्य बनाउन र बहिनीको इच्छा पुरा गर्न प्राप्त भएको सहयोग निकै महत्वपूर्ण रहेको भन्दै सहयोगको लागि सबै पहल म्यानपावरले गरेको भन्दै म्यानपावरलाई धन्यवाद दिए । उनले भने 'अरु म्यानपावरले विदेश पठाएपछी कामदारको समस्यामा खासै चासो नदिने बताईरहँदा हामीले यो म्यानपावरकै पहलमा सहयोग पाउन सफल  भयौं । म्यानपावरलाई धेरै धन्यवाद ।' 

माथिको तश्विरमा: पत्रकार सम्मेलनमा: एससीसी म्यानपावरका संचालक अबुल शाह, साथमा जोर्डन स्थित इएम मालिवन टेक्सटायल (गार्मेन्ट)का एचआर प्रमुख मोहम्मद डीन ।

राइको परिवारलाई सहयोग रकम हस्तान्तरण गर्न आईपुगेका कम्पनीका ह्युमन रोसोर्स प्रमुख मोहम्मद डीनले राइको कम्पनी मार्फत बिमा रकमको लागि समेत प्रक्रिया जारी रहेको भन्दै उक्त बिमा रकम आएपछी पुन: थप रकम उनको परिवारले पाउने साझा सबाललाई बताएका छन् । 

जोर्डनको कम्पनी, नेपालीहरु र म्यानपावरले रविनाको परिवारलाई सहयोग गर्दै गर्दा रविनाको नाबालक छोरा उद्योग राई पनि पत्रकार सम्मेलनमै उपस्थित थिए । रविनाको मृत्यु पछी प्राप्त भएका सम्पूर्ण रकम उद्योग राईको नाममा बैंक खाता खोली राखिदिने र त्यसैको ब्याजले उद्योगको भविष्य बनाउन खर्च गरिने उनको परिवारले बताएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य