२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

मनपा ६ जनालिवण्डाली आलुको जोन क्षेत्र नै घोषणा

१ असार २०७५, शुक्रबार १६:१९

कमल रावल, असार १, अछाम । मंगलसेन नगरपालिकाको कृषि बिकास शाखाको स्विकृत बार्षिक कृषि प्रसार कार्यक्रम अन्र्तगत कृषि बिकासमा संञ्चालित कार्यक्रमको जिल्लाको टोलिले अनुगमन गरेको छ । मंगलसेन नगरपालिकाको वडा नम्बर १२ बान्नातोलीमा वन क्षेत्र तर्फ र वडा नम्बर ६ को ठुलासैन क्षेत्रमा कृषि क्षेत्रको अबस्थाको बारेमा टेलिले अनुगमन गरेको हो ।

बान्नातोलीमा वन क्षेत्रमा लगाईएको ओखर, किबि र अम्रिसाको अनुगमन गरिएको हो । ठुलासैनमा शिबसक्ति कृषि सहकारी मार्फत किसानले संञ्चालन गरेको आलु खेतीको अनुगमन गरिएको थियो । कृषि शाखाको सहयोगमा गत फागुनमा जनालिवण्डालीका २५ जना कृषकलाई ३ क्विन्ट्ल आलु वितरण गरिएको थियो । जसमा किसानले फलाएको आलु निकै उपलब्धी देखिएकाले अब बजार प्रबद्र्धनको आवश्यकता रहेको किसानले गुनासो गरेका थिए ।

२५ केजि आलुबाट करिब ८ क्विन्ट्ल बढी आलु एकै किसान फलाएका छन । अनुगमन पछी सरोकारवाला बिच भएको छलफल कार्यक्रममा जिल्ला समन्वय समिती अछामका प्रमुख नर बहादुर कुवरले कृषि क्षेत्रलाई सम्मानका साथ अब स्थानिय सरकार अघि बढ्नु पर्ने बताउनु भयो । जिल्लामा तरकारी खेतीलाई प्रबद्र्धन साथ बाहीरबाट आउने सबै तरकारी रोक लगाउन सके उपलब्धी हुने बताउनु भयो ।

सहकारीका अध्यक्ष लोकराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा मंगलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहराले कृषकको उत्पादीत उपजलाई बजारीकरणका लागि अब आफुले योजना बनाउने बताउनु भयो । सबैले उत्पादनलाई बढउदै आत्म निर्भर बनाउन तिर अब आफ्नो योजना लक्षित हुने बताए । अबको नगरपछी एक घर एक करेसा बारिको अबधारण अघि बढिसकेकाले किसानको ध्यान त्यहा तिर उन्मुख हुने पर्नेमा जोड् दिनु भयो ।

सोही अबसरमा कृषि शाखाका बागबानी अधिृकत भुवन मल्लले वडा नम्बर ६ लाई आलुको पकेट् जोन घोषणा गरि सकीएकाले अब किसानले फलाएको आलु तेसै खेर नजाने बताउनु भयो । यो बर्ष प्रधानमन्त्री कृषि आधुनीकीकरण कार्यक्रम मार्फत १८ कुन्ट्ल आलु वडामा वितरण भईसकेकाले अबको तिन महीना आलुको अवलोकन क्षेत्र वडा नम्बर ६ हुने बताउनु भयो ।

यस बर्ष मंगलसेन, रामारोशन र मेल्लेख गाउपालिकामा प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रम समेत लागु भईसकेको उहाँले बताउनु भयो । छलफल कार्यक्रममा अछामका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्य, मंगलसेन नगरपालिका प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद जैसि ढुगाना, सबै वडा अध्यक्षको तर्फबाट वडा नम्बर ८ का अध्यक्ष हिरिण्ड बोहरा, पत्रकार महासँघ अछामका कोषाध्यक्ष टेक बहादुर थापाले सुझाब सहीत मन्तव्य राखेका थिए ।

कार्यक्रमम जिल्ला समन्वय समितीका उपप्रमुख टोप बहादुर रावल, प्रहरी नायब उपरिक्षक डिएसपि रुकेश तण्डुकार, कार्यपालिका सदस्य, सबै वडाका वडा अध्यक्ष, कृषि तथा पशु कार्यालयका प्रतिनिधी, जिल्ला स्थित संञ्चारकर्मि, किसानको सहभागिता रहेको थियो ।

वडा नम्बर ६ का अध्यक्ष जनकराज भण्डारीले कार्यक्रम बारे जानकारी सहीत स्वागत गर्नु भएको कार्यक्रमको संञ्चालन सचिव बेदराज भण्डारीले गर्नु भएको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य