पढ्न करिब 2 मिनेट लाग्छ

भास्कर के.सी/असार ३, कञ्चनपुर | सुदूरपश्चिम विश्वविद्यालयको ८ आंै स्थापना दिवस आइतबार एक कार्यक्रम गरी मनाइएको छ। कार्याक्रम शुरु क्याम्पसको हाता भित्र स्वामी र रुद्राक्षको विरुवा रोपण गरी गरीएको थियो ।

स्थापना दिवसको अवसरमा आफ्नो स्वागतमन्तव्य राख्ने क्रममा प्रा.डा.मुकुन्द कलौनीले २०६७ असार ३ गते त्यसबेलाको झलनाथ खनाल प्रधानमन्त्रीको भएको बेला सुदूरपश्चिम विश्वविद्यालय स्थापनाको घोषणा गरेका थिए । त्यो कुनै दया मायाले नभई यहाँका स्थानीय बासिन्दा, बुद्धिजिवी, समाजसेवी, विद्यार्थी भाई बहिनी, पत्रकार लगायत विभिन्न तह तप्पकाका व्यक्ति शिक्षाप्रेमीहरुको ३० दिने कडा आन्दोलनले स्थापना गरेको विश्वविद्यालय हो तर अहिले आएर केही कुरा पनि सही नभएको क्याम्पसमा भाड भैलो भएको, अति राजनीति भईरहेकोले सास लिनै ग्राहो भएको बताए ।

त्यसैगरी आफ्नो मन्तव्य राख्ने क्रममा बरिष्ठ समाज सेवी लिलाध्वज बस्नेतले अझै केही पनि नविग्रीएको र दलिय राजनीति र भागवण्डा छोडेर इमान्दारीताका साथ विश्वविद्यालयको विकासको लागि सबै लागि पर्नुपर्ने बताए।

आज यस ८ औं स्थापना दिवस विश्वविद्यालयको लागि निकै महत्वपूर्ण दिन हो । यस स्थापना दिवसलाई मानविकि तथा समाजशास्त्र विभागले मात्रै आयोजना नगरेर विश्वविद्यालयले गर्नु पर्ने थियो तर विडम्बना यस क्याम्पसका भिसि तथा रजिष्ट्रारहरुलाई आज यसको स्थापना दिवस हो भन्ने पनि सायदै यादहोला उनीहरु काठमाडौंमा नै बस्दै आएकाले यहाँको गतिविधि बारे अनभिज्ञ रहेका छन् | उनीहरुको कारण विश्वविद्यालय तथा क्याम्पस दिन प्रतिदिन खस्कदै गएको मानविकि तथा समाजशास्त्र विभागका प्रमुख खगेन्द जोशीले बताए ।

उक्त कार्यक्रममा विभागका प्रमुख खगेन्द्र जोशीको सभापति गर्नु भएको थियो, त्यसैगरी भीमदत्त नगरपालिकाका नगर प्रमुखको सुरेन्द्र विष्टको प्रमुख आथित्य रहेको थियो भने कार्यक्रम सञ्चालन दिपक चन्द्र भट्टले गरेका ।