२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

सुदूरपश्चिम विश्वविद्यालयको ८आंै स्थापना दिवस सम्पन्न

३ असार २०७५, आईतवार ०९:५९

भास्कर के.सी/असार ३, कञ्चनपुर | सुदूरपश्चिम विश्वविद्यालयको ८ आंै स्थापना दिवस आइतबार एक कार्यक्रम गरी मनाइएको  छ। कार्याक्रम शुरु क्याम्पसको हाता भित्र स्वामी र रुद्राक्षको विरुवा रोपण गरी गरीएको थियो ।


स्थापना दिवसको अवसरमा आफ्नो स्वागतमन्तव्य राख्ने क्रममा प्रा.डा.मुकुन्द कलौनीले २०६७ असार ३ गते त्यसबेलाको झलनाथ खनाल प्रधानमन्त्रीको भएको बेला सुदूरपश्चिम विश्वविद्यालय स्थापनाको घोषणा गरेका थिए । त्यो कुनै दया मायाले नभई यहाँका स्थानीय बासिन्दा, बुद्धिजिवी, समाजसेवी, विद्यार्थी भाई बहिनी, पत्रकार लगायत विभिन्न तह तप्पकाका व्यक्ति शिक्षाप्रेमीहरुको ३० दिने कडा आन्दोलनले स्थापना गरेको विश्वविद्यालय हो तर अहिले आएर केही कुरा पनि सही नभएको क्याम्पसमा भाड भैलो भएको, अति राजनीति भईरहेकोले सास लिनै ग्राहो भएको बताए । 


त्यसैगरी आफ्नो मन्तव्य राख्ने क्रममा बरिष्ठ समाज सेवी लिलाध्वज बस्नेतले अझै केही पनि नविग्रीएको र दलिय राजनीति र भागवण्डा छोडेर इमान्दारीताका साथ विश्वविद्यालयको विकासको लागि सबै लागि पर्नुपर्ने बताए। 

आज यस ८ औं स्थापना दिवस विश्वविद्यालयको लागि निकै महत्वपूर्ण दिन हो । यस स्थापना दिवसलाई मानविकि तथा समाजशास्त्र विभागले मात्रै आयोजना नगरेर विश्वविद्यालयले गर्नु पर्ने थियो तर विडम्बना यस क्याम्पसका भिसि तथा रजिष्ट्रारहरुलाई आज यसको स्थापना दिवस हो भन्ने पनि सायदै यादहोला उनीहरु काठमाडौंमा नै बस्दै आएकाले यहाँको गतिविधि बारे अनभिज्ञ रहेका छन् | उनीहरुको कारण विश्वविद्यालय तथा क्याम्पस दिन प्रतिदिन खस्कदै गएको मानविकि तथा समाजशास्त्र विभागका प्रमुख खगेन्द जोशीले बताए ।

उक्त कार्यक्रममा विभागका प्रमुख खगेन्द्र जोशीको सभापति गर्नु भएको थियो, त्यसैगरी भीमदत्त नगरपालिकाका नगर प्रमुखको सुरेन्द्र विष्टको प्रमुख आथित्य रहेको थियो भने कार्यक्रम सञ्चालन दिपक चन्द्र भट्टले गरेका ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य