2026-09-04 02:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारीमा जाने बढे, विप्रेषणमा कमी

असार ४, काठमाडौँ | विगत २३ वर्षको अवधिमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या साढे ११ हजारभन्दा बढी गुणाले वृद्धि भएको छ।

आर्थिक वर्ष २०५०/०५१ मा तीन हजार ६०५ जना मात्रै वैदेशिक रोजगारीमा गएकोमा आर्थिक वर्ष २०७३/०७४ सम्म आइपुग्दा चार लाख नौ हजार श्रम स्वीकृति लिएर गएका छन् ।

नेपाल राष्ट्र बैंकले गएको साता सार्वजनिक गरेको प्रतिवेदनअनुसार वैदेशिक रोजगारीमा जानेको संख्या उच्चदरमा  बढेको देखिएको हो। चालू आर्थिक वर्षमा हालसम्म तीन लाख ९८ हजार नेपाली वैदेशिक रोजगारीमा गएका छन् । 

राष्ट्र बैंकको तथ्यांकअनुसार आधा करोड नेपाली रोजगारीको सिलसिलामा विदेशमा रहेका छन्।

प्रतिवेदनअनुसार विप्रषण आप्रवाह विगतको तुलनामा उल्लेख्य रूपमा बढ्दै  आए पनि पछिल्ला वर्षमा यसको वृद्धिदरमा कमी आएको छ। आर्थिक वर्ष २०७१/०७२ मा १३।६ प्रतिशत, आर्थिक वर्ष २०७२/०७३ मा ७।७ प्रतिशत र आर्थिक वर्ष २०७३/७४ मा ४.७ प्रतिशतले मात्रै बढेको खबर छ ।  

– आजको गोरखापत्र दैनिकमा यो खबर छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२, ४ हजार ८७५ जना बेपत्ता रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ