२०८३, १५ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपाल चीनको नाका रसुवागढीलाई लक्षित गरी सडक स्तरोन्नति

२०७५, ४ असार सोमबार ०३:५६

वासुदेव पौडेल | असार ४, रसुवागढी | नेपाल र चीनको सीमा नाका रसुवागढीलाई लक्षित गरी सडकको स्तरोन्नति कार्य अघि बढाइएको छ । 

नेपाली सेनाले मैलुङदेखि स्याफ्रुबेँशीसम्मको १७ किलोमिटर सडक निर्माण गरिसकेको छ । २०७२ वैशाखबाट ट्रयाक खोल्ने काम शुरु गरेको सेनाले उक्त सडकखण्डको भौगोलिक अवस्थाअनुसार नौदेखि ११ मिटरसम्म विस्तार गरेको छ । 

गल्छी त्रिशूली मैलुङ स्याफ्रुबेँशी रसुवागढी सडक योजनाका सव इञ्जिनियर तुलाकान्त चौधरीका अनुसार गल्छी–रसुवागढीको कूल ८६ किलोमिटरमध्ये योजनाअन्तर्गत हाल ४६ किमीको काम भइरहेको छ । 

सडक स्तरोन्नति योजना सम्पन्न गर्नका लागि रु तीन अर्ब ६३ करोड ९१ लाखमा दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भई २०७४ असारबाट काम शुरु गरिएको हो । 

योजनाअन्तर्गत बजार क्षेत्रमा नालासहित चार लेन र अन्य बस्ती नभएका ठाउँमा दुई लेनको सडक निर्माणकार्य भइरहेको छ । कतिपय ठाउँमा मुआब्जालगायतका समस्याका कारण ठाउँठाउँमा निर्माण कार्य प्रभावित भएको बताउँदै उहाँले हालसम्म १६ प्रतिशत मात्र काम भएको जानकारी दिनुभयो । 

सडकको स्तरोन्नतिका क्रममा यस मार्गमा पर्ने १४ वटा पुल निर्माणका लागि छुट्टै योजना सम्झौता गरिएको छ । चौधरीका अनुसार पुल निर्माणका लागि रु ५७ करोड ९५ लाख लागत सम्झौता भएको छ । 

पुल निर्माणको काम पनि अघि बढेको, कोल्पुटार, ठूलो खोला र गेर्खुमा निर्माण भइरहेको उहाँले बताउनुभयो । नेपाल र चीनलाई जोड्ने सबैभन्दा छोटो नाका भएका कारण यस सडकले चीनबाट गल्छी हुँदै काठमाडौँका साथै पोखरालाई जोड्न निकै सहज हुने टिमुरेका पर्यटन व्यवसायी दोर्जे तामाङले बताउनुभयो । 

“गल्छी–बेत्रावती–मैलुङ–स्याफ्रुबेँशी–रसुवागढी जोडिने यो सडक यस क्षेत्रको समृद्धिका साथै समग्र नेपालकै समृद्धि र विकासका लागि महत्वपूर्ण बन्नेछ,” उहाँले भन्नुभयो, “भूकम्पपश्चात् सबैभन्दा पहिले खोलिएको चीनसँगको यो नाकाका कारण यतिखेर यही मार्ग हुँदै मानसरोबर जाने पर्यटकका साथै चीनबाट स्थलमार्ग भई नेपाल आउने पर्यटक निकै लाभान्वित बनेका छन् ।” 

सडक स्तरोन्नतिका क्रममा रहेका कारण यहाँका व्यवसायीलाई थप उत्साहित बनाएको छ । 

अहिले सञ्चालनमा रहेको पासाङ ल्हामु मार्गको काठमाडाँै बेत्रावती– धुन्चे हँुदै रसुवागढी जोड्ने सडक सेनाले निर्माण गरेको सडक करीब २५ किमी छोटो पर्छ । 

काठमाडौँबाट बेत्रावती–धुन्चे हँुदै रसुवागढी जोड्ने सडकको दूरी १४५ किमी छ भने बेत्रावती–मैलुङ–स्याफ्रुबेँशी हुँदै रसुवागढी जोड्ने सडकको दूरी १२० किमी मात्र हुन्छ । 

बेत्रावतीदेखि धुन्चे हुँदै स्याफ्रुबेँशी सडकमा उकालो र ओरालो हुँदै विभिन्न ३५ वटा कठिन घुम्ती पार गर्नुपर्ने भए पनि मैलुङतर्फबाट कुनै घुम्ती नभएको उक्त क्षेत्रमा सवारीसाधन चलाउँदै आएका सहदेव श्रेष्ठले बताउनुभयो । 

उहाँका अनुसार रसुवागढी नाका सञ्चालनसँगै चीनको केरुङबाट दैनिक विभिन्न सामानका ५०÷६० वटा कन्टेनर नेपाल भित्रिने गरेका छन् । 

चालू योजना सम्पन्न भएसँगै रसुवागढीदेखि धादिङको गल्छीसम्मको दूरी ८४ किमीको हुनेछ भने गल्छीबाट काठमाडौँसम्मको दूरी ५० किमीको छ । काठमाडौँबाट केरुङ जम्मा चार घण्टामा पुग्न सकिन्छ । 

रसुवागढी नाकाबाट नेपालतर्फको १८ किमी सडक चीन सरकारले अनुदानमा बनाइदिने सम्झौताअनुरुप काम अघि बढाएको सब इञ्जिनियर चौधरीले जानकारी दिनुभयो । 

रसुवागढी नाका सञ्चालनसँगै पछिल्ला दिन नाका हुँदै मानसरोबर जाने पर्यटक र चीनबाट स्थालमार्ग हुँदै आउने पर्यटकको संख्यामा वृद्धि भएको स्थानीय पर्यटन व्यवसायी बुद्धिलक्ष्मी तामाङले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी जनतालाई केन्द्र विन्दुमा राखेर गरिने अभ्यासले मात्र गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउँछ: यामलाल कँडेल मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ, यो अत्यन्तै महत्वको छ: राजेन्द्र लिङ्देन संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा हामी सबैको पहिलो जिम्मेवारी हो: प्रचण्ड राष्ट्रपति पौडेलले गरे गणतन्त्र दिवसमा विशेष सम्बोधन सुनचाँदीको मूल्यमा वृद्धि कांग्रेसले संसद्‌मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु