२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कर्णाली सरकारको कूल बजेटको ७ प्रतिशत मात्र खर्च

२०७५, ५ असार मंगलवार १५:३८

असार ५, सुर्खेत | कर्णाली सरकारले बिकास खर्च क्षमता कमजोर देखिएको छ । चालु आर्थिक बर्षको अन्त्यसम्म आइपुग्दा सरकारले विभन्न मन्त्रालयमार्फत भएको खर्च कुल बजेटको ७ प्रतिशत रकम मात्र खर्च गरेको छ । सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले मंगलबार संसदमा प्रस्तुत गरेको खर्च विवरणमा सरकारको खर्च अवस्था कमजोर देखिएको हो ।

कर्णाली सरकारले चालु आर्थिक बर्षमा सरकारको सञ्चित कोषबाट चालुतर्फ ४३ करोड ९३ लाख ३ हजार रुपैयाँ र पूँजिगततर्फ ५८ करोड ११ लाख ९७ हजार रुपैयाँ गरी कुल १ अर्व २ करोड पाँच लाखको बजेट विनियोजन गरेको थियो । सरकारले विनियोजन गरेको बजेटबाट जेठ मसान्तसम्म चालुतर्फ ५ करोड ४५ लाख ११  हजार ५ सय ७० रुपैयाँ र पूँजीगततर्फ  २ करोड १२ लाख ४० हजार ३ सय ४ रुपैयाँ गरी जम्मा ७ करोड ५७ लाख ५२ हजार ३ सय ४ रुपैयाँ मात्र खर्च गरेको छ । यो कर्णाली सरकारको कुल बजेटको ७.४२ प्रतिशत मात्र हो ।

आर्थिक मन्त्रालयको तथ्याङ्कअनुसार सबै भन्दा बढी खर्च कर्णाली प्रदेश सभा सचिवालयले गरेको छ । सरकारले सचिवालयका लागि चालु आर्थिक बर्षमा चालुतर्फ ३ करोड ७० लाख ६५ हजार रुपैयाँ र पुजीगततर्फ २ करोड ५६ लाख गरी जम्मा ६ करोड २६ लाख ६२ हजार रुपैयाँ विनियोज गरेकोमा सचिवालयले चालुतर्फ १ करोड ७० लाख २१ हजार ४ सय ४७ रुपैयाँ र पुँजीगततर्फ ३२ लाख ६४ हजार ३ सय ७९ रुपैयाँ गरी जम्मा २ करोड २८ लाख ५ हजार ८ सय २६ रुपैयाँ खर्च गरेको छ । प्रदेश सभा सचिवालयको उक्त खर्च कूल बजेटको ३२.३७ प्रतिशत हो ।

चालु आर्थिक बर्षमा सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई छुट्याइएको ५ करोड २९ लाख ५९ हजार रुपैयाँ विनियोजन गरिएकोमा ७९ लाख ७२ हजार ३६६रुपैंयामात्र खर्च भएको छ । त्यस्तै आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई ५ करोड १२ लाख रुपैयाँ विनियोजन गरिएकोमा जेठ मसान्तसम्म ७३ लाख २९ हजार ७९३रुपैंयामात्र खर्च गरेको छ  । आर्थिक मामिला तथा योजना मन्त्रालयले पाएको ५ करोड ७० लाख ४६ हजार रुपैंयाँमा  ८२ लाख २७ हजार १९८रुपैंयाँ खर्च गरेको छ  ।

प्रदेश लेखा नियन्त्रक कार्यालयको १० लाख १० हजार विनियोजन भएकोमा १ लाख २९ हजार २०७ रुपैंया मात्र खर्च गरेको छ  । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको कूल ८ करोड ३४ लाख १५ हजार रुपैयाँम ६१ लाख ६८ हजार ५८३रुपैंयाँ खर्च गरेको जनाइएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको लागि १० करोड ७ लाख ७७ हजार रुपैंयाँमा १ करोड ७ लाख १९ हजार २७१ रुपैंयाँ खर्च गरेको मन्त्री ज्वालाले बताए ।

सबै भन्दा बढी बजेट विनियोजन भएको प्रदेशको पुर्वाधार विकास मन्त्रालयले सबै भन्दा कम बजेट खर्च गरेको छ । यो मन्त्रालयका लागि सरकारले २१ करोड १६ लाख १६ हजार रुपैयाँ मध्ये २८ लाख १५ हजार ४८०रुपैंयाँमात्र खर्च गरेको छ । यो मन्त्रालयको कूल बजेटको १.३३ प्रतिशत मात्र हो ।

त्यस्तै सामाजिक विकास मन्त्रालयले ७ करोड ८० लाख ४५ हजार बजेटमा १ करोड १९ लाख १६ हजार ४३रुपैंयाँ मात्र खर्च गरेको छ  ।मुख्य न्यायाधिवक्ताको कार्यालयले १५.०८ प्रतिशत बजेट खर्च गरेको जनाएको छ । मन्त्रालयगत बजेट विनियोजन र खर्च विवरण प्रदेश सभामा प्रसतुत गर्दै सरकारका आर्थिक मामिला तथा योजना मन्त्री ज्वालाले चालु आर्थिक बर्षको अन्तिम चौमासिकमामात्र बजेट ल्याउनु  र प्रदेश सरकारको खर्च गर्ने संयन्त्र नहुनु लगायतका कारण सरकारले उपेक्षाकृत सफलता हाासिल गर्न नसकको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी