२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा अन्तर्राष्ट्रिय योग दिवस यसरी मनाइयो (फोटोफिचर)

२०७५, ७ असार बिहीबार ०६:०३

असार ७, दार्चुला | चौथो अन्तर्राष्ट्रिय योग दिवस दार्चुलामापनि भब्यताकासाथ मनाईएको छ । पताञ्जली योग समिति दार्चुलाको आयोजनामा बिहिबार बिहान सचेतनामुलक र्यालीको आयोजना पश्चात ५ बजेदेखी ८ बजेसम्म निरन्तर ३ घन्टा योग गरेर दिवस मनाइएको हो ।


जिल्ला समन्वय समिति प्रमुख करबिर बहादुर कार्की, जिल्ला न्यायधिस इश्वर पराजुली, महाकाली नगरप्रमुख हंशराज भट्ट, प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्य, जिल्लास्थित कार्यलय प्रमुखहरु, जनप्रतिनिधि, शिक्षक, कर्मचारी, सञ्चारकर्मी लगायत सर्बसाधारणहरुको उल्लेख्य उपस्थितिमा दिवस मनाइएको हो । दिवसको अवसरमा आयोजित कार्यक्रममा योग प्रशिक्षक हिरासिह धामीले योगका बिभिन्न आसनहरुको बारेमा जानकारी गराउँदै प्रयोगात्मकरुपमा तिन घन्टासम्म योग गराउँनुभएको थियो । 


योगका फाइदाहरुको बिषयमा स्पष्ट पार्नेक्रममा योगको महत्व आजको परिवर्तीत जीवनशैलीमा धेरै रहेको भन्दै उहाँले दिवसको दिनमा मात्रै नभइ दैनिकरुपमा योगअभ्यास गर्न सबैलाइ सुझाब दिनुभएको छ । पताञ्जली  योग समितिले महाकाली नगरपालिका ४ स्थित दार्चुला बिकास संगठन परिसरमा दैनिक योग सिबिरको आयोजना गर्नेगरेको जानकारी गराउँदै उहाँले सहभागिताकालागी आग्रह गर्नुभएको छ ।मेहनतकासाथ कमाएका पैसा, गाडी, शरीर, सौन्दर्य र ऐश्वर्य समयसंगै सकिने भन्दै प्रशिक्षक धामीले सकारात्मक सोच हाम्रो आत्मिक शुद्धता, चिन्तन र सकारात्मक तरङ्गहरु सदासर्वदा जीवन्त राख्न योग आबश्यक रहेको बताउँभुभयो । पछिल्लो समय अस्वभाबिकरुपमा बढ्दै गएको अस्वस्थ्यता र बिभिन्न रोगहरुबाट मुक्तीकालागी योग सञ्जीवनि बुटी साबित भइसकेको उहाँको भनाइ छ । बिद्यार्थीहरु बिभिन्न कुलत र नकारात्मक मानसिकताको सिकार भइरहेको प्रति चिन्ता ब्यक्त गर्दै  उहाँले सकारात्मक सोचको बिकास गर्न बिद्यालयहरुमा समेत योगको आबश्यकता औल्याउँनुभएको छ ।


दिवसको अवसरमा दार्चुलाको सदरमुकामसहित बिभिन्न ग्रामिण क्षेत्र र बिद्यालयहरुमा समेत योग दिवस मनाइएको धामीले बताउँनुभयो ।

११ डिसेम्बर, २०१४ मा भारतको नेतृत्वमा सुरुवात गरिएको योगलाई संयुक्त राष्ट्रसंघको साधारण सभाले जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रुपमा स्विकारेकाले २१ जुनलाई विश्वव्यापी रुपमा योग दिवसको रुपमा मनाउन थालिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा