२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुनसरीमा दुर्घटनामा परि दुईको मृत्यु

८ असार २०७५, शुक्रबार ०३:३०

असार ८, इनरुवा | सुनसरीमा बिहीबार भएको छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । 

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ मा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तेजनारायण मेहताका ११ वर्षीय छोरा प्रसान्तकुमार मेहता रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

गाउँपालिकाको भित्री सडकमा को ९ प २२९३ नम्बरको मोटरसाइकलले साइकलयात्री प्रसान्तलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएकाले उपचारका लागि न्यूरो अस्पताल विराटनगर लगेकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो । 

दुर्घटनामा मोटरसाइकल चालक स्थानीय प्रदीप मेहता, उनको ६ वर्षीय छोरा आयुष मेहता र ९ वर्षीया छोरी नेहा मेहतासमेत सामान्य घाइते भएको प्रहरीले जनाएको छ । 

यसैगरी सुनसरीको बर्जु गाउँपालिका–१ मा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । स्थानीय ठूलोबुबाको घरमा बस्ने सिरहाका ८ वर्षीय एलिष श्रेष्ठको बिहीबार करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

टेलिभिजन हेर्ने क्रममा सेटअप बक्समा हातले छुँदा करेन्ट लागेका एलिषको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य