2026-09-04 02:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यूएईमा रहेका नेपालीहरुलाई खुसीको खबर

असार ८, काठमाडौं   मध्यपूर्वको प्रमुख रोजगार गन्तव्य यूनाइटेड अरब इमिरेट्सले गैर कानूनी रुपमा आफ्नो मुलुकमा बसिरहेका विदेशी नागरिकलाई तीन महिनाको आममाफीको समय दिएको छ ।

गैर कानूनी रुपमा बसिरहेका विदेशी नागरिक वा कामदारले तोकिएको समयभित्र स्वदेश फर्किन चाहे निःशुल्क दर्ता गर्ने र वैधानिक भई त्यही बस्न चाहनेहरुबाट निश्चित शुल्क लिएर दर्ता गर्ने नीति सार्वजनिक गरेको छ ।

गल्फ न्यूजका अनुसार यूएईमा सार्वजनिक गरिएको टोल फ्रि नम्बरबाट वैधानिकीकरणको सम्पूर्ण प्रकृया बुझ्न सकिने छ । आममाफीको प्रक्रिया अगामी अगस्ट १ तारेखबाट शुरु हुने छ । त्यस्तै युएईले ‘प्रोटेक्ट योर सेल्फ भीषा रेक्टिफाईड योर स्टाटस’ कार्यक्रम पनि चाँडै ल्याउने बताइएको छ ।

निश्चित शुल्क तिरेर वैधानिक हुने आप्रवासीले यूएईमा काम खोज्न ६ महिनाको समय पाउने छन् । स्वेच्छाले घर फर्किन चाहनेहरुलाई राहदानीमा नो इन्ट्री वा पुनः यूएई प्रवेश निषेधको छाप नलगाउने बताएको छ । यसअघि अवैध बस्नेहरुलाई राहदानीमा नो इन्ट्री छाप लगाउने गरिएको थियो ।

गल्फ टाइम्सका अनुसार घर फर्किन चाहनेहरुलाई ४८ घण्टासम्मको ट्रान्जिट भीषामा कुनै पनि शुल्क लिइने छैन । यस अघि युएईले ५ वर्ष पहिले सन् २०१३ मा पनि यस्तै आममाफीको कार्यक्रम ल्याएको थियो । दुई महिना समय दिइएको त्यस समयमा झण्डै ६२ हजार आप्रवासी उक्त कार्यक्रममा सहभागी भई लाभ लिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२, ४ हजार ८७५ जना बेपत्ता रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ