2026-09-04 02:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कामदारसँग चर्को पैसा अशुलेको भन्दै मलेसियाले बंगलादेशबाट कामदार लैजान बन्द

असार ८, काठमाडौं । मलेसिया सरकारले बंगलादेशबाट कामदार लैजादा बिचौलियाहरुले चर्को रकम अशुल्दै आएको भन्दै तत्कालको लागि बंगलादेशबाट कामदार लिन बन्द गरेको छ । मलेसियाका लागि मानव संशाधन मन्त्री एम कुलासेगरनले मलेसियामा बंगलादेशी कामदार ल्याउने प्रक्रिया तत्काललाई बन्द गरिएको बताएका हुन् ।

द स्टारसँग कुराकानी गर्दै मन्त्री कुलासेगलले भनेका छन् – ‘बंगलादेशको सिन्डिकेटले श्रमिकहरुको शोषण गर्दै मानवतस्करी गरिरहेको आरोपको पूर्ण छानबिन नभएसम्म यो प्रक्रिया बन्द हुने छ’  ।

कुलासेगरनले नजीव सरकारले कामदार भर्ना गर्ने प्रक्रियालाई केही मानिसहरुलाई मात्रै फाइदा हुने व्यापार जस्तै गरी सञ्चालन गरेको आरोप समेत लगाएका छन् ।

रिपोर्टका अनुसार अझै १ लाख कामदार मलेसिया जाने चरणमा छन् । मलेसियामा कामदार पठाउँदा १० कम्पनीले मात्र पठाउन पाउने सिन्डिकेट लगाएर मानव तस्कर गरेको उल्लेख छ । बंगलादेशमा १५०० म्यानपावर कम्पनी रहेकोमा १० वटालाई मात्र मलेसिया पठाउन पाउने व्यवस्था सन् २०१६ देखि गरिएको थियो । SPPA मार्फत बंगलादेशबाट मलेसिया जाँदा ३०५ रिंगेट मात्र लाग्नेमा २० हजार रिंगेटसम्म उठाउने गरिएको रिपोर्टमा उल्लेख छ । २०१६ अघि बंगलादेशबाट मलेसिया जाने कामदारले ७ हजारदेखि ८ हजार रिंगेटसम्म तिर्ने गरेकोमा सिन्डिकेटपछी दोब्बरभन्दा बढी अशुली भएको पाईएको बताइएको छ ।

‘पुरै प्रणाली नै अस्तव्यस्त थियो जसमा कामदारहरुले बंगलादेश र मलेसियाका बिचौलियाहरुलाई चर्को पैसा तिर्नुपथ्र्यो,’ उनले भने, ‘कामदार पठाउने प्रक्रियाको सिन्डिकेटमा संलग्न १० कम्पनीलाई पनि निलम्बन गरिएको छ ।’

यस समस्याको मलेसिया सरकारले विस्तृत रुपमा छानबिन गर्ने र समाधानको लागि उपाय खोज्ने जनाएको छ । हालसालैको रिपोर्ट अनुसार बंगलादेशबाट मलेसिया कामदार पठाउंदा मानव तस्करहरुले सिन्डिकेट मार्फत एक कामदारसँग बीस हजार मलेसियन रिंगेटसम्म लिने गरेको जनाएको छ । 

यस अघि नेपाल सरकारले पनि मलेसियामा नेपाली कामदार पठाउँदा मेडिकल माफियाहरुले चर्को शुल्क असुलेको भन्दै गत जेठ ३ गते सिन्डिकेट कायम गर्ने मेडिकल संस्था खारेज गर्ने निर्णय गरेको थियो । सो लगतै मलेसियामा नेपाली कामदार पठाउन रोक लगाएको थियो । सरकारले रोक लागाउनु अघिसम्म नेपालबाट पनि मलेसिया जाने कामदारहरुबाट म्यानपावर तथा एजेन्टहरुले १ लाख देखि २ लाख ५०  हजारसम्म अशुल्दै आएका थिए ।

यस्तै समाचार तथा बैदेशिक रोजगारी बारे दैनिक अपडेट पाउन ‘बैदेशिक रोजगार मोबाइल एप डाउनलोड गर्नुहोस् – लिंक तल दिईएको छ… 

https://goo.gl/QbRYoC

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२, ४ हजार ८७५ जना बेपत्ता रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ