२०८२, ५ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

घलेम्दीले साधारण शेयर निष्काशन गर्ने

२०७५, ८ असार शुक्रबार १०:५२

असार ८, म्याग्दी | अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन पाँच मेगावाट क्षमताको घलेम्दी जलविद्युत् आयोजनाले साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको छ । 

नेपाल धितोपत्र बोर्डले घलेम्दी आयोजनालाई पहिलो चरणमा आयोजना प्रभावित स्थानीयवासीका लागि साधारण शेयर निष्काशन गर्न अनुमति दिएको हो । 

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयवासीलाई १० प्रतिशत अर्थात् रु पाँच करोड ५० लाखबराबरको पाँच लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको घलेम्दी हाइड्रो लिमिटेडका कम्पनी सचिव विमल रिजालले जानकारी दिनुभयो । 

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा भिवोर क्यापिटल लिमिटेड रहेको छ । भिवोर क्यापिटल लिमिटेडले आह्वानपत्र निष्काशन गरेपछि आयोजना प्रभावित क्षेत्रका बासिन्दाले शेयर जम्मा गर्न पाउने छन् । 

आयोजना प्रभावित स्थानीयवासीलाई शेयर जारी गरिसकेपछि कम्पनीले सबै नेपाली नागरिकले शेयर जम्मा गर्न पाउने गरी अर्को चरणमा रु ११ करोडको शेयर जारी गर्नेछ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु