असार १०, अर्घाखाँची | तीन दशक पहिलेसम्म डोकोमा कपिलवस्तुबाट नुन, तेल बोकेर दैनिक जिविको पार्जन गर्दै आएका अर्घाखाँचीका बासीन्दाले अहिले घरबाटै गाडि चडेर यात्रा गर्न थालेका छन् । 

२०४३  सालमा पहिलो पटक सदरमुकाम सन्धिखर्कमा मोटर आएकोमा अहिले गाउँ गाउँमा गाडिको सु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार १०, अर्घाखाँची | तीन दशक पहिलेसम्म डोकोमा कपिलवस्तुबाट नुन, तेल बोकेर दैनिक जिविको पार्जन गर्दै आएका अर्घाखाँचीका बासीन्दाले अहिले घरबाटै गाडि चडेर यात्रा गर्न थालेका छन् । 

२०४३  सालमा पहिलो पटक सदरमुकाम सन्धिखर्कमा मोटर आएकोमा अहिले गाउँ गाउँमा गाडिको सु"/>

2026-08-29 08:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

प्रदेशसरकारबाट अर्घाखाँचीको सडकमा मात्रै १ अर्व

असार १०, अर्घाखाँची | तीन दशक पहिलेसम्म डोकोमा कपिलवस्तुबाट नुन, तेल बोकेर दैनिक जिविको पार्जन गर्दै आएका अर्घाखाँचीका बासीन्दाले अहिले घरबाटै गाडि चडेर यात्रा गर्न थालेका छन् । 

२०४३  सालमा पहिलो पटक सदरमुकाम सन्धिखर्कमा मोटर आएकोमा अहिले गाउँ गाउँमा गाडिको सुबिधा पुगेको छ । टोलटोलमा पुगेका कच्ची सडकले यहाँका बासीन्दाको यात्रालाई सहज बनाएको छ । हिउँदमा यात्राको लागि सहज भएपनि बर्षादको समयमा भने बिकट ग्रामिण क्षेत्रमा यातायात संचालनमा थुप्रै चुनौती थिए । 

प्रदेश सभाले पहिलो पटक ल्याएको बजेटपछि भने यहाँका बासीन्दा स्तरीय सडकमा यात्रा गर्न पाउनेमा ढुक्क छन् । प्रदेश सरकारले अर्घाखाँची जिल्लामा सडक निर्माण र स्तरोन्नतीमा करीब १ अर्ब रुपैयाँ बिनीयोजन गरेको छ । जुन रकम जिल्लाको निम्ति पर्याप्त भएको स्थानीयको बुझाई छ । स्थानीय बासीन्दा जिल्लामा आउने बजेट लाई प्रभावकारी रुपमा कार्यान्वयन गराई जिल्लालाई नमुना जिल्लाको रुपमा बिकास गर्ने तयारीमा छन् । 

अर्घाखाँची जिल्ला क्षेत्र नं.१ प्रदेश सभाका सदस्य चेतनारायण आचार्यले पूर्वाधार बिकासको मेरुदण्डको रुपमा रहेको सडक निर्माणलाई आफुहरुले पहिलो प्राथमिकतामा राखेको बताए । उनले खानेपानी, सिंचाई, कृषि, स्वास्थ्य, शिक्षा, पर्यटनलाई समेत प्राथमिकतामा राखेर बजेट बिनीयोजन गराउन सफल भएको बताउँदै रोजगार मुलक कामलाई पहिलो प्राथमिकतामा राखेर अघि बढेको दाबी गरे । 

बिनीयोजित बजेट अनुसार रिडी, बल्कोट, माडीचौर ,सुलिचौर सडकमा १ करोड ८४ लाख केरुङ्गा, पिप्ली, धरम्पानी, र्याले, सिमिचौर सडकमा १ करोड २६ लाख, च्यानडाँडा , खनदह, डाँडा कटेरी सडकमा ३ करोड २४ लाख सन्धिखर्क, मसुरपाटा, राईखन्ने, बामरुक, भुमेकास्थान सडकमा १ करोड १० लाख,तम्घास,सन्धिखर्क,प्युठान सडकमा ४ करोड बिहार, डिभर्ना, जोगिमारे, बडाचौर, मुसामारे, चौरी सडकमा १ करोड ३१ लाख ६० हजार खगडी, दुन्दु्रक, बल्कोट, राङ्गवास, गुल्मी सडकमा १ करोड ३१ लाख ६० हजार ढोबाट, अल्गाटारी, सातबिसे, भेंडिराख्ने सडकमा १ करोड ३१ लाख ६० हजार सन्धिखर्क, गाँजरी, हिले, भेंडिराख्ने, आल्सामारी, गुफा, सुख्ल, गुल्मी सडकमा १ करोड ३१ लाख ६० हजार बिहार, रामपथ, मखात, खन, खनदह सडकमा १ करोड ३१ लाख ६० हजार दमार, राज्मे, ओखटे, गोखुङ्गा सडकमा १ करोड ३१ लाख ६० हजार नेटाखर्क, चेक्मी, सुन्दरपोखरा, अमिले, गर्छा, दारेगौडा सडकमा १ करोड ३१ लाख ६० हजार ढुङ्गाडे, ठुलाखर्क, काफल ठँुटा, पजिङ्खोला, दोबाटा, गोखुङ्गा सडकमा १ करोड ८१ लाख ६० हजार भालुवाङ्ग, नुवाकोट, पकले, गुनाथुम, गुफा, खरबाङ्ग सडकमा १ करोड ३१ लाख ६० हजार, सन्धिखर्क, आटेका साँगु, खन, खनदह सडकमा २ करोड,डिभर्ना जरेखोला, ठुलापोखरा, छत्रगञ्ज, मोडेल चौर, सिमिचौर सडकमा २ करोड, खरज्याङ्ग, ठुलाखर्क, दुन्द्रुक, महपोखरी, चौवा, मिल्मीले, चिदीपानी, चौरी सडकमा ५० लाख, देउराली, बामरुक, बाजाखर्क सडकमा ५० लाख, गच्छे, ढिकुरा, लामाताल, भालुबाङ्ग सडकमा ७ करोड ८४ लाख,पटौटी,खरज्याङ्ग,तम्घास सडकमा ७ करोड ७५ लाख,भन्ज्याङ्ग,धातिबाङ्ग,नेटा सडकमा १ करोड ३१ लाख ६० हजार,दुर्गा,फर्सवा,देबलचौर सडकमा ५० लाख, देउराली , दर्नेटा सडकमा ५० लाख, घुम्ती, पाल्पा सडकमा २ करोड ९१ लाख,  निगाली, नेटा, सुबर्णखाल, बुढीचौर, दक्सुपाटा, पद्मे, जुकेना सडकमा ५० लाख, ठाडा, जुकेना सडकमा ५१ लाख, चाक्ला, जुकेना, जलुके, ऐरावती, दर्वाङ्ग, बरौला सडकमा १ करोड २६ लाख, नरपानी, खाँची, ढिकुरा, पोख्रेडाँडा, पकले, हिले, भेंडीराख्ने सडकमा २ करोड, सन्धिखर्क, नुवाकोट, खिल्जी, असुरकोट , प्युठान सडकमा २ करोड ९१ लाख,सन्धिखर्क,पकले,धारापानी,ढाकाबाङ्ग,राज्मे सडकमा ९९ लाख,सोही ठाउँको साउनेखोला पुल निर्माणमा ५५ लाख र रामपुर,पाल्पा,छहरा,सन्धिखर्क,प्युठान,रोल्पा,रुकुम,कपुरकोट सडकमा  ५ करोड लगायतको रकम रहेको छ । यसैगरी बहुप्रतिष्ठित सालझण्डी सन्धिखर्क ढोरपाटन सडकमा केन्द्रिय सरकार बाट २३ करोड,भुकम्प पुननिर्माण प्राधिकरण अन्तरगत धारापानी,उपल्लापोखरा,ढाकाबाङ्ग,गोखुङ्गामा २४ करोड तथा चाक्ला,सिद्धारा सडकमा २४ करोड रुपैयाँ बिनीयोजन भएको छ । 

जिल्लामा सडकको संख्या बढाउने भन्दा पनि भएका सडकलाई स्तरोन्नती गर्दै केहि बर्ष भित्रमा सबै वार्डमा पुग्ने सडक पिच गर्ने तयारीमा जुटेको सांसद आचार्यले बताए । उनले भरी गाडी ल्याएर खालीगाडी पठाउनु पर्ने बाध्यताको अन्त्यको लागि व्यबसायीक र आधुनिक कृषिमा जोड दिने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो