२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

लखनपार्कको गुरुयोजना निर्माणका लागि समिति गठन

२०७५, १० असार आईतवार ०७:०९

असार १०, दाङ | घोराही उपमहानगरपालिकाको वडा नं १४को मुख्य बजारमा लामो समयदेखि अलपत्र रहेको लखनपार्क निर्माण हुने भएको छ । 

जिल्ला उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं प्रदेश नं ५का उपाध्यक्ष हेमराज बन्जाडेको संयोकत्वमा छ सदस्यीय उक्त पार्क गुरुयोजना निर्माण समिति गठन गरिएको वडाध्यक्ष शक्तिराम डाँगीले जानकारी दिनुभयो । 

उक्त समितिको सदस्य सचिवमा पत्रकार महासंघ जिल्ला सदस्य जनक नेपाली तथा सदस्यहरुमा ऋषिराज शर्मा, दिलकुमारी बुढा श्याम सुवेदी र लोकराज पराजुली रहनुभएको छ । 

यही आर्थिक वर्षदेखि गुरुयोजना निर्माण गरी पार्क निर्माणको काम अगाडि बढाउने समितिका संयोजक बन्जाडेले बताउनुभयो। साउनदेखि नै पार्कको दायाँबायाँ फोहरा निकाल्नका लागि खनिएको खाल्डो माटो भर्ने, पार्कको बाहिरी भागको दायाँबायाँ आठ फिट ढलानसहित स्ल्याप राखेर गाडी पार्किङको व्यवस्था गर्ने उहाँले जानकारी दिनुभयो । 

घोराही बजारको मुख्य भागमा रहेको करीब ११ कट्ठा क्षेत्रफलको सो पार्क निर्माणका लागि सबैसँग सहकार्य गर्ने पनि संयोजक बन्जाडेले बताउनुभयो । 

हाल पुराना संरचना भत्काएर छाडिएको पार्क अलपत्र अवस्थामा छ । पार्कको वरपर लगाइएको टाएल, क्यारिलसमेत उठाएर राखिएको छ । 

गत वर्षको निर्वाचनमा पूर्व सभासद् राजु खनालको संसद् विकासकोषमार्फत पार्क निर्माणका लागि रु ४० लाख प्राप्त भएकामो रु १६ लाखमात्र खर्च भएको र बाँकी सबै रकम फ्रिज भएको पार्क निर्माण उपभोक्ता समितिका संयोजक दिलीप डिसीले जानकारी दिनुभयो । 

पार्क निर्माणका लागि प्राविधिकले नक्सा उपलब्ध नगराउँदा काम गर्न समस्या भएको उहाँको भनाइ थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै