२०८२, २० फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगार व्यवसायी संघको कार्यशैली प्रति निवर्तमान अध्यक्ष ढकालका ९ आरोप

२०७५, ११ असार सोमबार १३:०३

असार ११ काठमाडौं। नेपाल बैदेशिक रोजगार व्यवसायी संघको कार्यशैली ठिक नभएको भन्दै संघका निवर्तमान अध्यक्ष बिमल ढकालले गुनासो गरेका छन् । उनले फेसबुक स्टाटस मार्फत संघको कार्यशैली प्रति सचेत रहन म्यानपावर व्यवसायीलाई अनुरोध समेत गरेका छन् ।

उनले  वैदेशिक रोजगार व्यवसायी माथि चौतर्फी आक्रमण भैइराखेको समयमा सम्पुर्ण व्यवसायीहरुको छाता संगठन नेपाल बैदेशिक रोजगार व्यवसायी संघको भुमिका सुन्यप्राय रहेको आरोप लगाएका छन् । उनले भनेका छन् "सरकारी रवैया र संघको गतिबिधी हेर्दा जुनसुकै बेला पनि व्यवसायी माथी अझ अफ्ट्यारो स्थितिको सिर्जना हुन सक्छ तसर्थ आ आफ्नो तर्फबाट चनाखो भै आआफ्ना समस्या आफ्नै ब्यक्तिगत प्रयासमा समाधान गर्ने दिशामा अगाडि बढन सम्पुर्ण ब्यबसायीहरुलाई अनुरोध गर्दछु।'' साथै उनले संघको कार्यशैली प्रति ९ आरोप लगाएका छन् जुन निम्न छन् ।

  • हाल श्रम रोजगार तथा सामाजिक सुरक्षा  मन्त्रालयले मलेसिया रोजगारिका सिन्डिकेट बन्द गर्ने बहानामा भिसा लागेर गन्तव्य तिर जान तयार युवाहरुको अन्तिम स्वीकृती रोकेको छ अवस्थामा संघ मौन रहेको जनाएका छन्।
  • ऐन,नियम बिपरित ब्यबसायी माथी प्रहरी कारबाही हुँदा संघ मुकदर्शक भएर बसेको छ ।
  • सरकार आम व्यावसायिले धान्नै नसक्ने गरि धरौटी वृद्धि गर्दैछ संघ त्यसलाई मौन समर्थन गरेर बसेको छ।
  • साउदी दूतावासमा आइ.डि.कार्ड नवीकरण नभएर ब्यबसायी समस्यामा पर्दा संघको नेतृत्व चु सम्म बोल्दैन।
  • सिन्डिकेट बन्द गराउने नाममा राजनैतिक भेदभाव गरिएको छ संघ त्यसलाई समर्थन गरेर बसेको छ ।
  • सरकार सुधारका नाममा ब्यबसाय नै बन्द गराएर लाखौं बेरोजगार युवाहरुको भबिस्य माथी खेलवाड गरिरहेको छ संघ यसमा केही बोल्दैन । 
  • मागपत्र प्रमाणिकरणका नाममा अनेकौ झमेला दिइ राखिएको छ संघ सहजीकरणको लागि केही गर्दैन ।
  • आम ब्यबसायीको हक हितमा केही गर्न नसक्ने अनि कसैले आलोचना गर्‍यो भने संघबाट निलम्बन गर्छु भन्दै संघका अध्यक्ष हिटलरि शैली देखाउदै छन्  मानौ संघ अंशवण्डा  प्राप्त पैत्रिक सम्पती हो र यहाँ मनलागी जे पनि गर्न पाइन्छ। 
  • यस्तो त्रासदीपुर्ण अवस्थामा चौतर्फी आक्रमणका बाबजुद ब्यबसाय गर्नुपर्ने आवस्यकता आम ब्यबसायिको छ भने बै.रो.संघ एउटा सानो समुहको हक हितका लागि मात्र तल्लिन भई आम व्यवसायीलाई  व्यवसाय  बिमुख बनाउने दिसामा अग्रसर रहेका छन्।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण