2026-10-15 02:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुर्खेतमा लागूऔषध दुव्र्यसन विकराल बन्दै

असार १२, सुर्खेत | कर्णाली प्रदेशको राजधानी सुर्खेतमा लागूऔषध दुव्र्यसनको विकराल रुप रहेको देखिएको छ । 

लागूऔषध प्रयोगकर्ताको संख्याको बारेमा जिल्लामा यकिन सरकारी तथ्यांक नभए पनि बेलाबेलामा लागूऔषधको मुद्दामा पक्राउ पर्नुको साथै विभिन्न गैरसरकारी संस्थामा आएका प्रयोगकर्तालाई आधार मान्दा यसको विकराल रुप देखिएको छ । यति मात्र होइन महिला र बालबालिकासमेत यसको जोखिममा परेको पाइएको छ । छ महिना अघि लागूऔषध दुव्र्यसनमा फसेका १८ जना बालकलाई उद्धार गरिएको थियो । 

दुई/चार दिन अघि मात्र फेरि सडकमा दुव्र्यसनमा परेका १७ जना बालक फेला परेको लागूऔषध दुव्र्यसनीको क्षेत्रमा काम गर्दै आइरहेको भैरव युवा सशक्तीकरण केन्द्रका सञ्चालक ललित भट्टराईले बताउनुभयो । “लागूऔषधको दुव्र्यसनीमा फसेका १८ जना सडक बालबालिकालाई संस्थाले उद्धार गरेर कसैलाई घरमा त कसैलाई आफन्तकोमा जिम्मा लाएका छौँ” भट्टराईले भन्नुभयो, “फेरि पनि दुव्र्यसनमा फसेका १७ जना बालकको टोली सडकमा देखिएका छन् ।” यस्ता दुव्र्यसनीमा फसेका बालबालिकालाई स्थानीय निकाय होस् या संघसंस्था सबैले बेवास्ता गर्ने गरेको उहाँको भनाइ छ । 

त्यसैगरी, यस्ता बालबालिका चोरी डकैतीजस्ता विकृतिमा संलग्न हुने हुनाले सम्बन्धित निकायले ध्यान दिनुपर्ने उहाँको भनाइ थियो । यस वर्ष ४५० जना प्रयोगकर्तालाई परामर्शसँगै पुनःस्थापना गर्ने लक्ष्य रहेको भट्टराईको भनाइ छ । जिल्लामा लागूऔषध प्रयोगकर्ताको आधिकारिक तथ्यांक नभए पनि करीब ६०० को हाराहारीमा कडा खालका (छोड्नै नसक्ने) प्रयोगकर्ता रहेको बताउनुभयो । “यकिन तथ्यांक छैन संस्थामा परामर्श लिन आएका प्रयोगकर्तालाई आधार मानेको संख्या हो” उहाँले भन्नुभयो, “दुव्र्यसनीमा त यसको संख्या अझ बढी हुन सक्छ ।” 

त्यसैगरी, पछिल्लो समय महिला प्रयोगकर्ताको संख्या पनि बढ्दो क्रममा रहेको उहाँले बताउनुभयो । अहिले बाहिर देखिएका मात्र १० देखि १२ जनाको संख्यामा रहेका छन् । सोमबार वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोगमा भैरव युवा सशक्तीकरण केन्द्र सुर्खेतले वीरेन्द्रनगरमा आयोजना गरिएको लागूऔषध दुव्र्यसन विषयक अन्तक्र्रिया कार्यक्रममा केन्द्रका सञ्चालक भट्टराईले लागूऔषध दुव्र्यसनको विकराल अवस्था रहेको बताउनुभयो । 

सबैभन्दा पहिले अभिभावक नै सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो । “सामाजिक प्रतिष्ठाका कारण यस्ता विषयहरु लुकाइन्छ” उहाँले भन्नुभयो “परिवार अनि समाजले लुकाउँदै जाँदा यसको अवस्था भयावह बन्दै गएको हो ।” यसका लागि सचेतना फैलाउन जरुरी रहेको भट्टराईको भनाइ थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए