२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुर्खेतमा लागूऔषध दुव्र्यसन विकराल बन्दै

१२ असार २०७५, मंगलवार ०३:२२

असार १२, सुर्खेत | कर्णाली प्रदेशको राजधानी सुर्खेतमा लागूऔषध दुव्र्यसनको विकराल रुप रहेको देखिएको छ । 

लागूऔषध प्रयोगकर्ताको संख्याको बारेमा जिल्लामा यकिन सरकारी तथ्यांक नभए पनि बेलाबेलामा लागूऔषधको मुद्दामा पक्राउ पर्नुको साथै विभिन्न गैरसरकारी संस्थामा आएका प्रयोगकर्तालाई आधार मान्दा यसको विकराल रुप देखिएको छ । यति मात्र होइन महिला र बालबालिकासमेत यसको जोखिममा परेको पाइएको छ । छ महिना अघि लागूऔषध दुव्र्यसनमा फसेका १८ जना बालकलाई उद्धार गरिएको थियो । 

दुई/चार दिन अघि मात्र फेरि सडकमा दुव्र्यसनमा परेका १७ जना बालक फेला परेको लागूऔषध दुव्र्यसनीको क्षेत्रमा काम गर्दै आइरहेको भैरव युवा सशक्तीकरण केन्द्रका सञ्चालक ललित भट्टराईले बताउनुभयो । “लागूऔषधको दुव्र्यसनीमा फसेका १८ जना सडक बालबालिकालाई संस्थाले उद्धार गरेर कसैलाई घरमा त कसैलाई आफन्तकोमा जिम्मा लाएका छौँ” भट्टराईले भन्नुभयो, “फेरि पनि दुव्र्यसनमा फसेका १७ जना बालकको टोली सडकमा देखिएका छन् ।” यस्ता दुव्र्यसनीमा फसेका बालबालिकालाई स्थानीय निकाय होस् या संघसंस्था सबैले बेवास्ता गर्ने गरेको उहाँको भनाइ छ । 

त्यसैगरी, यस्ता बालबालिका चोरी डकैतीजस्ता विकृतिमा संलग्न हुने हुनाले सम्बन्धित निकायले ध्यान दिनुपर्ने उहाँको भनाइ थियो । यस वर्ष ४५० जना प्रयोगकर्तालाई परामर्शसँगै पुनःस्थापना गर्ने लक्ष्य रहेको भट्टराईको भनाइ छ । जिल्लामा लागूऔषध प्रयोगकर्ताको आधिकारिक तथ्यांक नभए पनि करीब ६०० को हाराहारीमा कडा खालका (छोड्नै नसक्ने) प्रयोगकर्ता रहेको बताउनुभयो । “यकिन तथ्यांक छैन संस्थामा परामर्श लिन आएका प्रयोगकर्तालाई आधार मानेको संख्या हो” उहाँले भन्नुभयो, “दुव्र्यसनीमा त यसको संख्या अझ बढी हुन सक्छ ।” 

त्यसैगरी, पछिल्लो समय महिला प्रयोगकर्ताको संख्या पनि बढ्दो क्रममा रहेको उहाँले बताउनुभयो । अहिले बाहिर देखिएका मात्र १० देखि १२ जनाको संख्यामा रहेका छन् । सोमबार वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोगमा भैरव युवा सशक्तीकरण केन्द्र सुर्खेतले वीरेन्द्रनगरमा आयोजना गरिएको लागूऔषध दुव्र्यसन विषयक अन्तक्र्रिया कार्यक्रममा केन्द्रका सञ्चालक भट्टराईले लागूऔषध दुव्र्यसनको विकराल अवस्था रहेको बताउनुभयो । 

सबैभन्दा पहिले अभिभावक नै सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो । “सामाजिक प्रतिष्ठाका कारण यस्ता विषयहरु लुकाइन्छ” उहाँले भन्नुभयो “परिवार अनि समाजले लुकाउँदै जाँदा यसको अवस्था भयावह बन्दै गएको हो ।” यसका लागि सचेतना फैलाउन जरुरी रहेको भट्टराईको भनाइ थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ