Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

डडेल्धुराको उपक्षेत्रीय अस्पतालमा थप सेवा विस्तार

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असार १२, डडेल्धुरा | यहाँको उपक्षेत्रीय अस्पतालले शिशु सघन कक्ष एनआइसियु, इण्डोस्कोपी र स्वचालित उपकरणसहितको प्रयोगशाला र थाइराड सेवा विस्तार गरेको छ ।

उक्त सेवा सोमबार शुभारम्भ गर्दै प्रदेश नं. ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले अब यस अस्पतालले विगतको भन्दा अझ उत्कृष्ट सेवा दिन सक्षम भएको बताउनुभयो ।

प्रदेश नं ७ का दुर्गम स्थानमा उपचारको कुरा त परै जाओस् सिटामोलजस्ता सामान्य औषधि पनि समयमा नपुग्ने स्थानमा औषधोपचारको सहज व्यवस्था मिलाउनका लागि अहिले एउटा नीति प्रस्ताव गरिएको जानकारी दिँदै उहाँले यस प्रदेशका लागि यो अस्पताल नमूना अस्पताल बनाउन प्रदेश सरकार तयार भएकाले स्थानीय सरकार र राजनीतिक दललगायतले यसमा पहल गर्न जरुरी रहेको बताउनुभयो ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण सिंहले अस्पतालमा रिक्त रहेका विशेषज्ञ चिकित्सको पदपूर्ति गर्न र टेण्डर भई मूल्यांकन हुन नसकेको मुख्य अस्पतालको नयाँ भवन निर्माणका लागि पहल गर्न आग्रह गर्नुभयो । रासस