२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

प्रहरीद्वारा डडेल्धुराको ३७ रोपनी क्षेत्रफलमा लगाइएको गाँजा फँडानी

१२ असार २०७५, मंगलवार ०८:५०

असार १२, डडेल्धुरा | लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसर पारी जिल्ला प्रहरी कार्यालय डडेल्धुराले गाँजा फँडानी गरेको छ । 

जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जिल्लाका विभिन्न क्षेत्रमा रहेको ३७ रोपनी क्षेत्रफलमा लगाइएको गाँजा फँडानी गरी नष्ट गरेको जनाएको छ । 

गाँजा सेवनका कारणले मानिसको स्वास्थ्यमा प्रतिकूल असर पर्नुका साथै आपराधिक क्रियाकलाप पनि हुने गर्दछ । 

जिल्लाका विभिन्न स्थानमा गरी करीब ३७ रोपनी क्षेत्रफलमा फैलिएको गाँजालाई फँडानी गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी गराउनुभयो । 

लागुऔषध नियन्त्रण तथा टोलटोलमा प्रहरी भन्ने अभियान र लागुऔषध दुरुपयोग तथा नियन्त्रण कार्यक्रमअन्तर्गत अमरगढी नगरपालिकाका विभिन्न वडामा पुगी सर्वसाधारणलाई जनचेतना मुलुक कार्यक्रमसमेत प्रहरीले गरिरहेको छ साथै समाजभित्र रहेको विकृति विसङ्गतिलाई हटाई समृद्ध समाजको निर्माणका लागि प्रहरी लागिपरेको प्रहरी नायब उपरीक्षक जोशीले बताउनुभयो । 

टोलटोलमा प्रहरी अभियानसँगै जिल्लाका विभिन्न स्थानमा रहेको गाँजा फँडानी गरिएको प्रहरीले जनाएको छ । 

टोलटोलमा प्रहरीले थालनी गरेको अभियानमा स्थानीय जनप्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, सशस्त्र प्रहरी र सर्वसाधारणले पनि सहयोग गरिरहेका छन् । अमरगढी नगरपालिकाको भालुमारे, तडिवाटा, चिरकिट्टे, भात्काडालगायतका क्षेत्रमा रहेका गाँजालाई फँडानी गरी प्रहरीले नष्ट गरेको हो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो