2026-07-06 07:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सवारी साधनको हर्न बजाएर ने बि संघले गर्यो मूल्यवृद्धिको बिरोध

2018-06-26

राजेन्द्र फुयाल/असार १२, काठमाडौ | सरकारले निरन्तर गरेको पेट्रोलियम पदार्थको मुल्यवृद्धिको विरुद्ध यतिबेला प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको भात्रृ संगठन ने बि संघ सडकमा उत्रिरहेको छ। 


निरन्तरको आन्दोलनबाट सरकारले जनताको आँखामा छारो हाल्न अघिल्लो साता केहि मूल्य घटाएजस्तो नाटक गरेपनी ने बि संघको आन्दोलन भने दिन प्रतिदिन चर्कदो छ। 

विभिन्न एकपछि अर्को फरक शैलिको कार्यक्रम अन्तरगत आज देश भर आज १२ गते १२ बजेर १२ मिनेट जादा आफ्नो सवारीको हर्र्न बजार बिरोध गरेको छ।

केन्द्रिय कार्यासमितिको सर्कुलेसन अनुसार आज ने बि संघ ग्रामीण, एन आर क्याम्पसले संयुक्त रुपमा सवारी साधनको हर्र्न बजाएर आन्दोलन स्वरुप सरकारको बिरोध गरेको छ। विद्यार्थी नेता परोपकार अधिकारीले नेतृत्व गरेका उक्त कार्यक्रममा धेरै संख्यामा मोटरसाइकल सहित विद्यार्थी नेता तथा कार्याकर्ताको उपस्थिति थियो।

१२ मिनेटसम्म हर्र्न बजाएपछी उक्त कार्यक्रम कोणसभामा परिणत भएको थियो | उक्त सभामा ने बि संघ नेता परोपरार अधिकारी तथा महामन्त्री आनन्दराज त्रिपाठीले सम्बोधन गर्नु भएको थियो। 

सभालाई सम्बोधन गर्दै त्रिपाठीले 'कुम्भकर्ण झै सुतेको सरकारको कान खुलाउन यो कार्यक्रम गरेको बताए | चरमगत रुपमा मूल्य बढाएर आकाश पुर्याउने अनि केही घटाएजस्तो बहाना गर्ने सरकारको लाचारीपन र आँखामा छारो हाल्ने काम जनतालाई मान्य नहुने पनि जिकिर गरे। अझ सरकार कानमा तेल हालेर बस्ने हो भने आन्दोलन झनै चर्काउनुको बिकल्प नहुने उहाँको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने