२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

अन्तर विद्यालय एन्फा कप २०७५ को उद्धघाटन बुधबार

१२ असार २०७५, मंगलवार १७:१६

विकास सिह महता | असार १२, कञ्चनपुर | कञ्चनपुरको महेन्द्रनगरमा  एन्फा कप अन्तर विद्यालय छात्रा/छात्र राष्ट्रिय फुटबल प्रतियोगिता २०७५ को बुधबार उद्धघाटन  । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको कार्यक्रम अनुसार राष्ट्रिय खेलकुद परिषदको समन्वयमा अखिल नेपाल फुटबल संघको वार्षिक कार्यक्रम अनुसार कञ्चनपुर फुटबल संघको आयोजना प्रतियोगिता असार १३ गते देखि २३ गते सम्म सञ्चालन हुने भएको छ ।

प्रतियोगितामा माध्यामिक तह सम्मका कञ्चनपुरका १६ स्कुलले प्रतिस्पर्धा गर्ने छन । प्रतियोगितामा समूह“ ए“ मा अक्सोफोड, सिद्धेश्वरी मा.बि शिवनगर, महाकाली मोडेन, उदयदेब मा.बि  सुन्दरपुर, सान बोडिग्ङ स्कुल, इन्टरनेसनल, बाल संसार र ग्वालेक बोडिग्ङ स्कुल रहेका छन भने समूह “बि“ मा बैजेनाथ नमुना मा.बि स्कुल महेन्द्रनगर, लिटिलबुद्ध एकेडेमी, कञ्चन विद्यामन्दिर, बैजनाथ मा.बि जडेपानी ,अमर मा.बि गड्डाचौकी, लक्ष्मी मा.बि खैरभट्टी, राष्ट्रिय मा.बि र फ्लोरिडा मा.बि रहेका छन, भने छात्रा तर्फ चार विद्यालय बिच प्रतिस्पर्धा हुने छ । समूह “ए“ मा बैजनाथ नमुना मा. बि महेन्द्रनगर  र बैजनाथ मा.बि जडेपानी र समुह “बि“ लक्ष्मी मा.बि र सान बोडिङ्ग स्कुल रहेका छन । 

बुधबारको उद्धघाट्न खेल राष्ट्रिय मा.बि महेन्द्रनगर र फ्लोरिडा मा.बि बिच दिउँसो ४ बजे प्रतिस्पर्धा हुने छ भने त्यही दिनको दोस्रो खेल बैजनाथ नमुना मा.बि महेन्द्रनगर र लिटिलबुद्ध एकेडेमी बिच हुने छ । 

विद्यार्थीहरुको खेल क्षेत्रमा स्तर उन्नतिको लागि र फुटबल विकासका लागि प्रतियोगिता संचालन गर्न लागिएको कञ्चनपुर फुटबल संघका  महासचिव रमेश चन्दले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य