२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कुष्टरोगी खोज्न स्वास्थ्य स्वयंसेविकाहरु गाउँगाउँमा

१२ असार २०७५, मंगलवार १७:२६

राम नारायण पंडित | असार १२, सिरहा | मिर्चैया नगरपालिकाले कुष्टरोगी खोजी गर्न स्वास्थ्य स्वयंसेबिकाहरुलाई गाउँगाउँमा परिचालन गर्ने भएका छन् । नगरपालिकाका स्वास्थ्य शाखाले आज (मंगलबार) एक कार्यक्रम गरी स्बास्थ्य स्वयंसेबक र स्वयसेबिकाहरुलाई बुधबारदेखि कुष्टरोगी खोजी गर्न गाँउगाँउमा पठाउने बताएका छन् । 

नगरपालिकाका बडा नं. १, २, ३ र १२ मा कुष्टरोगीहरुमा देखिने  नचिलाउने दागको खोजी गर्नका लागि असार १३ गते बुधबबारदेखि १५ गते शुक्रबारसम्म ७२ जना स्बास्थ्य स्वयंसेबक र स्वयसेबिकाहरुलाई परिचालन गर्ने मिर्चैया नगरपालिकाका स्बास्थ्य शाखा प्रमखु सुरेश सिंहले बताए । 

लाटो फुस्रो दाग देखिएमा खोजी टोलीले तत्कालै रोगीलाई रोग निदान टोलीमा पठाउने र त्यहाँ सम्भब नभए सुपरभिजन टोलीमा पठाई निःशुल्क उपचार गरिने जिल्ला स्वास्थ्य कार्यालय सिरहाका क्षयरोग तथा कुष्टरोग अधिकृत उमेश यादबले बताए । 

सिरहामा प्रत्येक १० हजार मानिसमध्ये १.३० प्रतिशतमा पिआर दखिएको छ । यो कार्यक्रम लहान, धनगढी, गोलबजार, कर्जन्हा र सिरहा नगरपालिकामा संचालित रहेको नगरपालिकाका स्वास्थ्य सहसंयोजक बिजय महतोेले बताए । मिचैैया नगरपालिकाको उक्त चारवटै बडामा ९ जना कुष्टरोगी रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य