असार १३,काठमाडौँ। विनियोजन विधेयकको मन्त्रालयगत शीर्षकमा सांसद्हरुले उठाएका प्रश्नमा विभागीय मन्त्रीले जवाफ दिईरहेका छन्। बुधबार बिहान ११ बजेबाट शुरु प्रतिनिधिसभा बैठकमा विभागीय मन्त्रीहरूले जवाफ दिने कार्यसूची अनुरुप अहिले बैठक चलिरहेको छ।
बुधबार संघीय मामिला तथा सामान्य प्रशासन, सहरी विकास, वन तथा वातावरण मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा, भौतिक पूर्वाधार तथा यातायात, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका विभागीय मन्त्रीले जवाफ दिनेछन्।
यस्तै, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिँचाइ, परराष्ट्र, गृह, स्वास्थ्य तथा जनसंख्या, र रक्षा मन्त्रालयका तर्फबाट विभागीय मन्त्रीहरुले जवाफ दिनेछन्।