२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा रक्तदानलाई बडवा दिन प्रहरीवाटै रक्तदान कार्यक्रम

१४ असार २०७५, बिहीबार ०९:५१

टेकेन्द्र बोहरा/असार १४, बझाङ | रक्तदान गरे कमजोर भइन्छ भन्ने मान्यता रहेका कारण कतिपय विरामीले रगतको अभावमा ज्यान गुमाइसकेको बझाङ जिल्लामा  रक्तदानलाई बडवा दिन  प्रहरीबाटै रक्तदान कार्यक्रमको आयोजना गरिएको छ।


टोल टोलमा प्रहरी अभियानको अवसरमा जिल्ला अस्पताल बझाङको समन्वयमा प्रहरीले सदरमुकाम चैनपुरमा रक्तदान कार्यक्रम संचालन गरेको हो । 

जिल्ला अस्पतालमा रगत पछिसम्म संचय गरी राख्ने व्यवस्था नभएको र छिटो खपत हुने नहुने निश्चित नभएकोले बुधवार ९ जना प्रहरी र २ जना सर्वसाधारण गरेर ११  जनाले मात्र रक्तदान गरेको जिल्ला प्रहरी कार्यालले बझाङले जनाएको छ । 

अन्य प्रहरी, कर्मचारी तथा स्थानियले चाहिएको वेला रगत उपलब्ध गराउने गरी सुचीमा नाम समावेश गरेको र आवश्यक पर्दा रक्तदानको लागि उपलब्ध हुने प्रतिबद्धता गरेको डिएसपी कृषिराम कँडेलले बताए । 

डिएसपी कँडेलले भने:- ‘रगत दिदा कमजोर भइन्छ भन्ने स्थानियमा भ्रम छ, यसले गर्दा रगतको अभावमा कतिपय विरामीको ज्यान नै जोखिममा पर्ने गरेको छ ।

बुधवार रक्तदान गरेका हौँ’ प्रहरीहरुले रक्तदान गरेको देखे पछि यहाँका सर्वसाधारणलाई पनि रक्तदान गर्ने प्रेरणा मिल्ने कँडेलको विश्वास ब्यात्त गरे छ । 

बझाङमा रक्तदाताको सुचीमा रहेका कर्मचारीहरु सरुवा भएर जाने वा चाहिएको वेला उपलब्ध नहुने भएकोले रगतको अभाव हुने गरेको छ । 

 खोजेको वेला रगत नपाइने भएको कारण कतिपय अवस्थामा चिकित्सक, हरुले नै रगत दिएर विरामीको ज्यान बचाउने गरेको जिल्ला अस्पतालका ल्याव टेक्निसियन जनक जोशीले बताए । 

रगत संचय गर्ने व्यवस्था नभएका कारण जिल्ला अस्पतालमा रक्तदाता पाएको वेला पनि रगत लिन नसकिने र चाहिएको वेला रगत नपाइने समस्या बारम्बार दोहोरिने गरेको उनले बताए  । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै