२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरमा आधुनिक तरिकाले उखु खेती गर्दा तीन गुणा बढी आम्दानी

१६ असार २०७५, शनिबार ०९:१३

राजेन्द्रप्रसाद पनेरु/असार १६, कञ्चनपुर | आधुनिक तरिकाबाट उखुखेती गर्न थालेपछि कञ्चनपुर बेलौरी नगरपालिका–६ हात्तीबोझाका असारेराम वडायकको आम्दानी तीन गुणाले बढेको छ । 

इन्टरनेटको माध्यमबाट आधुनिक तरिकाले उखु रोप्न सिकेपछि उहाँको आम्दानी तीन गुणाले बढेको हो । 

आधुनिक प्रविधिको प्रयोग गरी रोपेको उखुखेतीबाट उहाँले प्रति बिगहा रु छ लाखभन्दा बढी आम्दानी गर्न सफल हुनुभएको छ । यसअघि परम्परागत तरिकाबाट उखुखेती गर्दा प्रति बिगहा रु दुई लाखसम्म आम्दानी हुँदै आएको वडायकले बताउनुभयो । 

परम्परागत तरिकाबाट उखुखेती गर्दा मुस्किलले प्रतिबिगाह ३०० देखि ५०० क्विण्टल उखु उत्पादन हुन्थ्यो, उहाँले भन्नुभयो, “चिपवड प्रविधिको प्रयोग गरी उखु रोप्न थालेपछि चार गुणाभन्दा बढी उत्पादन हुन थाल्यो ।” 

“चिपवड प्रविधिबाट उखुखेती गर्दा प्रतिबिगाह दुई हजार क्विण्टल उत्पादन हुन थालेको छ,” वडायकले भन्नुभयो, “परम्परागत तरिकाबाट उखुखेती गर्दा प्रतिबिगाह १०० क्विण्टल बीउ बढी लाग्ने गर्दछ । 

आधुनिक तरिकाबाट नर्सरीमा तयार गरिएको उखुका बिरुवा रोप्दा प्रतिबिगाह तीन क्विण्टल मात्रै लाग्ने गर्छ । तर परम्परागत तरिकाबाट उखु रोप्दा प्रतिबिगाह चार क्विण्टल लाग्ने गरेको वडायकले बताउनुभयो । 

नर्सरीमा तयार गरिएका बिरुवा प्रतिबिगाह एक हजार ३०० देखि एक हजार ६०० सम्म लाग्ने गरेको उहाँले जानकारी दिनुभयो । चिपवड प्रविधिमा उखुको आँखला मेशिनको सहायताले निकाली पोलिथिन ब्यागमा बिरुवा उत्पादन गर्ने गरिन्छ । 

इन्टरनेटको माध्यमबाट भिडियोमा हेरेर आफूले उखु लगाउने यो आधुनिक तरिका सिँके, वडायकले भन्नुभयो, “चार वर्ष अघि पहिलो पटक उखुका आँखा निकालेर बिरुवा तयार गरी उखुको नर्सरी तयार गर्न थालेपछि घरकै परिवारले नै विश्वास गरेनन्, खेती बिगार्न थाल्यो भनेर उल्टै गाली गर्न थाले तर गालीको प्रवाह नगरी आफूले नर्सरीमा बिरुवा तयार पारेर खेतमा रोपेरै छाडे ।” 

पहिलो पटक परीक्षणका रुपमा दुई कठ्ठा क्षेत्रफलमा आधुनिक तरिकाले उखुखेती गर्दा उत्पादन ११० क्विण्टल बढी भयो, खुसी हुँदै उहाँले भन्नुभयो, “थोरै जग्गामा यति बढी उत्पादन भएपछि अहिले चार बिगाह क्षेत्रफलमा यो प्रविधिबाट उखुखेती गरेका छौं ।” 

स्वस्फुर्तरुपमा उखुखेती गरी उत्पादन बढाएपछि नगरपालिकाको कृषि शाखाले उहाँलाई सिँचाइका लागि बोरिङ, स्प्रे मेशिन, विद्युतीय मोटर, पावर टिलर, मिनी टिलर, ट्रे, चिपकटर मेशिन अनुदानमा उपलब्ध गराएको छ । 

विद्युतीय र डिजल इञ्जनबाट सिँचाइ गर्दा बढी लागत आउन थालेपछि सिँचाइका लागि उहाँले सौर्य ऊर्जामा आधारित सिँचाइ प्रणालीसमेत जडान गरेको छ । उखु खेतीलाई रोग किराबाट जोगाउनका लागि एकै पटक ट्र्याक्टरको सहायताले खेतमा स्प्रे गर्नका लागि भारतबाट मेशिनसमेत उहाँले भित्र्याउनुभएको छ । उखुको बीउमा लाग्ने रकम जोगाएर रु दुई लाख खर्च गरी मेशिन खरिद गरिएको वडायकले बताउनुभयो । 

प्रविधिमा आधारित भएर खेती गर्नोस् उहाँ भन्नुहुन्छ, “नोक्सान हुँदैन, आम्दानी बढ्छ ।” वडायक सिर्जनशील किसान भएकाले उहाँको अनुशरण गर्दै अन्य किसानसमेत उखु उत्पादन बढाउने कार्यमा लागेको कृषि शाखाका प्रमुख रणबहादुर मल्लले बताउनुभयो । 

उखुसँगै वडायकले मौसमी बेमौसमी तरकारीखेती गरेरसमेत आम्दानी लिँदै आएका छन् । उहाँ यस वर्ष उत्कृष्ट किसानका रुपमा छनोटमा परी पुरस्कारका लागिसमेत चयन हुनुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य