२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सर्लाहीमा व्यापारीहरु विश्वकप फुटबलमा मस्त, चोरहरु चोरीमा व्यस्त

१७ असार २०७५, आईतवार १६:३४

असार १७, सर्लाही | सर्लाहीको हरिवनमा मोटरसाइकल चोरीको घटना रोकिए पछि केही दिन देखि पसलको सटर फोडेर मोवाईल चोरीको घटना बढेको छ ।

हरिवन नगरपालिका वडा – ११ स्थित दुर्गा मार्केटमा रहेको स्थानीय समर लामाले संचालन गरेको जेवि मोवाईल एण्ड ईलेक्ट्रोनिक्स सेन्टरबाट नगद ७० हजार सहित ८० हजार बरावरको एउटा ल्यापटप र १३ हजार पर्ने ३० ओटा विभिन्न कम्पनीका झण्डै ३ लाख ९० हजार बरावरको मोवाईल चोरी भएको पसलका संचालक लामाले बताएको छ ।

‘राति टेलिभिजनमा विश्वकप फुटवल हेर्ने क्रममा केही अज्ञात चोरको समुहले पसलको सटर फुटाएर सवै सामान चोरेर लगेको र सो को जानकारी विहान पसल खोल्न आउँदा मात्रै भएको ’ पसलका संचालक लामा दुखित मुद्रामा गुनासो गरे । केही दिन अगाडी पनि यसैगरी अपराधिक युवाहरुको एक समूहले हरिवनकै कुशवाहा मार्केटमा रहेको लक्ष्मी म्यूजिक एण्ड मोबाईल सेन्टरमा बलिरहेका बत्ती निकाली सटर फोडेर मोबाईल लुट्ने कोशिस गरेका थिए, सटरको लक बलियो भएकोले चोरहरु सफल हुन पाएका थिएनन् ।लामाको पसलमा चोरी गर्ने चोरहरु पाँच जनाको समुहमा रहेको सिसिटिभी क्यामराले खिचेको भिडियोमा प्रष्ट रुपमा देखिएको प्रहरीले जनाएको छ । 

चोरीको घट्नाको विषयमा अनुसन्धान र चोरहरुको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय हरिवनले विष्फोटलाई जानकारी दिएको छ । अहिले फुटबलको विश्वकप खेल चलिरहेकोले स्थानीयबासीहरु राति मैच हेर्नमा मग्न भएको मौका पारी चोरहरु निर्धक्कका साथ चोरीका घटना घटाउने गरेका छन् , स्थानीय एक गहना पसलका संचालक शम्भु साह सोनारले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो