2026-09-13 06:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सर्लाहीमा व्यापारीहरु विश्वकप फुटबलमा मस्त, चोरहरु चोरीमा व्यस्त

असार १७, सर्लाही | सर्लाहीको हरिवनमा मोटरसाइकल चोरीको घटना रोकिए पछि केही दिन देखि पसलको सटर फोडेर मोवाईल चोरीको घटना बढेको छ ।

हरिवन नगरपालिका वडा – ११ स्थित दुर्गा मार्केटमा रहेको स्थानीय समर लामाले संचालन गरेको जेवि मोवाईल एण्ड ईलेक्ट्रोनिक्स सेन्टरबाट नगद ७० हजार सहित ८० हजार बरावरको एउटा ल्यापटप र १३ हजार पर्ने ३० ओटा विभिन्न कम्पनीका झण्डै ३ लाख ९० हजार बरावरको मोवाईल चोरी भएको पसलका संचालक लामाले बताएको छ ।

‘राति टेलिभिजनमा विश्वकप फुटवल हेर्ने क्रममा केही अज्ञात चोरको समुहले पसलको सटर फुटाएर सवै सामान चोरेर लगेको र सो को जानकारी विहान पसल खोल्न आउँदा मात्रै भएको ’ पसलका संचालक लामा दुखित मुद्रामा गुनासो गरे । केही दिन अगाडी पनि यसैगरी अपराधिक युवाहरुको एक समूहले हरिवनकै कुशवाहा मार्केटमा रहेको लक्ष्मी म्यूजिक एण्ड मोबाईल सेन्टरमा बलिरहेका बत्ती निकाली सटर फोडेर मोबाईल लुट्ने कोशिस गरेका थिए, सटरको लक बलियो भएकोले चोरहरु सफल हुन पाएका थिएनन् ।लामाको पसलमा चोरी गर्ने चोरहरु पाँच जनाको समुहमा रहेको सिसिटिभी क्यामराले खिचेको भिडियोमा प्रष्ट रुपमा देखिएको प्रहरीले जनाएको छ । 

चोरीको घट्नाको विषयमा अनुसन्धान र चोरहरुको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय हरिवनले विष्फोटलाई जानकारी दिएको छ । अहिले फुटबलको विश्वकप खेल चलिरहेकोले स्थानीयबासीहरु राति मैच हेर्नमा मग्न भएको मौका पारी चोरहरु निर्धक्कका साथ चोरीका घटना घटाउने गरेका छन् , स्थानीय एक गहना पसलका संचालक शम्भु साह सोनारले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन