२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलाको जिल्ला अस्पताल दयनीय अवस्थामा

१८ असार २०७५, सोमबार ०३:०१

असार १८, दार्चुला (रासस) | दार्चुलाको जिल्ला अस्पताल दयनीय अवस्थामा पुगेको छ । 

विगतमा जिल्ला अस्पताललाई केन्द्रबाट आउने बजेट यस वर्ष थोरै आउनु र यहाँका स्थानीय तहले आवश्यक बजेट नदिँदा जिल्ला अस्पताल बजेट अभावमा दयनीय बनेको हो । 

स्वास्थ्यजस्तो संवेदनशील क्षेत्र दयनीय अवस्थामा हुँदासमेत सम्बन्धित निकाय मौन बसेको छ । “ल्याबमा काम गर्दा प्रयोग गरिने सर्जिकल आइटमको अभाव छ, किन्नलाई बजेट छैन, ” अस्पतालका प्रमुख डा रविरञ्जन शाहले भन्नुभयो ।  

जिल्ला अस्पताललाई गत वर्षको भदौदेखि हालसम्म केन्द्र तहदेखि स्थानीय तहबाट खासै सहयोग नभएको प्रमुख डा शाहले बताउनुभयो । यस वर्ष जनस्वास्थ्यलाई आएको रु २५ लाखको बजेटबाट औषधि खरिद गरेर जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा वितरण गरिएको उहाँको भनाइ छ । 

अस्पताल दयनीय बनेको अवस्था प्रदेश सरकारलाई अवगत गराएपछि रु तीन लाख मात्रै उपलब्ध गराउने भनी जानकारी आएको प्रमुख डा शाहले बताउनुभयो । त्यो पनि उपकरण खरिदका लागि तोकेर आउने कुरा भएको उहाँले जानकारी दिनुभयो । 

विगतमा अस्पताललाई केन्द्रबाट आउने गरेको एक बिरामीबापतको रु १० का दरले रु १७÷१८ लाख केन्द्र सरकारले स्थानीय तहलाई पठाएपछि झन समस्या थपिएको हो । त्यसैगरी टिकट छपाईबापत आउने बजेटसमेत नआएको उहाँको भनाइ छ । सरकारले धेरैजसो सेवा सुविधा निःशुल्क गर्दा पनि अस्पतालमा बजेटको अभाव भएको प्रमुख डा शाहले बताउनुभयो । 

अस्पताललाई संस्थागत सुत्केरी गराएबापत वार्षिक आउने गरेको रु १२÷१३ लाखसमेत यस वर्ष नआएपछि अहिले जिल्ला अस्पतालले बजेटको चरम संकट भोगिरहेको छ । 

अस्पतालले स्थानीय व्यापारीलगायत औषधि खरिद गरेबापतको रु २० लाख गत वर्षको पैसा तिर्न बाँकी रहेको छ । अस्पतालले यस वर्ष गरेको प्रस्तावित आयमा समेत दोब्बरले कमी आएको छ । 

महाकाली नगरपालिकाले जिल्ला अस्पताललाई नगर अस्पतालमा रुपान्तरण गरेमात्रै बजेट उपलब्ध गराउने जनाएको छ । यस्तै जिल्लाका अन्य स्थानीय तहले समेत अस्पताललाई बजेट उपलब्ध नगराउँदा अस्पताल दयनीय बनेको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो