Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलाको जिल्ला अस्पताल दयनीय अवस्थामा

२०७५, १८ असार सोमबार ०३:०१

असार १८, दार्चुला (रासस) | दार्चुलाको जिल्ला अस्पताल दयनीय अवस्थामा पुगेको छ । 

विगतमा जिल्ला अस्पताललाई केन्द्रबाट आउने बजेट यस वर्ष थोरै आउनु र यहाँका स्थानीय तहले आवश्यक बजेट नदिँदा जिल्ला अस्पताल बजेट अभावमा दयनीय बनेको हो । 

स्वास्थ्यजस्तो संवेदनशील क्षेत्र दयनीय अवस्थामा हुँदासमेत सम्बन्धित निकाय मौन बसेको छ । “ल्याबमा काम गर्दा प्रयोग गरिने सर्जिकल आइटमको अभाव छ, किन्नलाई बजेट छैन, ” अस्पतालका प्रमुख डा रविरञ्जन शाहले भन्नुभयो ।  

जिल्ला अस्पताललाई गत वर्षको भदौदेखि हालसम्म केन्द्र तहदेखि स्थानीय तहबाट खासै सहयोग नभएको प्रमुख डा शाहले बताउनुभयो । यस वर्ष जनस्वास्थ्यलाई आएको रु २५ लाखको बजेटबाट औषधि खरिद गरेर जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा वितरण गरिएको उहाँको भनाइ छ । 

अस्पताल दयनीय बनेको अवस्था प्रदेश सरकारलाई अवगत गराएपछि रु तीन लाख मात्रै उपलब्ध गराउने भनी जानकारी आएको प्रमुख डा शाहले बताउनुभयो । त्यो पनि उपकरण खरिदका लागि तोकेर आउने कुरा भएको उहाँले जानकारी दिनुभयो । 

विगतमा अस्पताललाई केन्द्रबाट आउने गरेको एक बिरामीबापतको रु १० का दरले रु १७÷१८ लाख केन्द्र सरकारले स्थानीय तहलाई पठाएपछि झन समस्या थपिएको हो । त्यसैगरी टिकट छपाईबापत आउने बजेटसमेत नआएको उहाँको भनाइ छ । सरकारले धेरैजसो सेवा सुविधा निःशुल्क गर्दा पनि अस्पतालमा बजेटको अभाव भएको प्रमुख डा शाहले बताउनुभयो । 

अस्पताललाई संस्थागत सुत्केरी गराएबापत वार्षिक आउने गरेको रु १२÷१३ लाखसमेत यस वर्ष नआएपछि अहिले जिल्ला अस्पतालले बजेटको चरम संकट भोगिरहेको छ । 

अस्पतालले स्थानीय व्यापारीलगायत औषधि खरिद गरेबापतको रु २० लाख गत वर्षको पैसा तिर्न बाँकी रहेको छ । अस्पतालले यस वर्ष गरेको प्रस्तावित आयमा समेत दोब्बरले कमी आएको छ । 

महाकाली नगरपालिकाले जिल्ला अस्पताललाई नगर अस्पतालमा रुपान्तरण गरेमात्रै बजेट उपलब्ध गराउने जनाएको छ । यस्तै जिल्लाका अन्य स्थानीय तहले समेत अस्पताललाई बजेट उपलब्ध नगराउँदा अस्पताल दयनीय बनेको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ