पढ्न करिब 1 मिनेट लाग्छ

असार १८, रोल्पा । रोल्पामा अविरल बर्षाका कारण घर भत्किदा १८ दिनकी सुत्केरी आमा छोरीसहित तीन जनाको मृत्यु भएको छ ।

रुन्टीगढी गाउँपालिका वडा नं. ५ सैवाङ गाउँमा सोमवार विहान पौने ११ बजेतिर घर भत्किदा २२ बर्षीया आमा कमला विक, उनकी १८ दिनकी शिशु र छिमेकी १५ बर्षीया चित्रा विकको मृत्यु भएको हो ।

शिशु र चित्राको घटनास्थलमै मृत्यु भएको र १८ दिनकी सुत्केरी कमलाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

सुत्केरी आमा छोरी भान्सा घरमा आगो तापेर बसेको सयमा ढुङ्गाको गारा युक्त घर भत्कदा उनीहरुको मृत्यु भएको प्रहरीले बताएको छ ।