2026-09-14 08:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

पानीको बहाव बढ्दा वनवासा पुलबाट आवागमनमा रोक

असार १८, भीमदत्तनगर | आइतबारदेखिको अबिरल वर्षाका कारण पश्चिम महाकाली नदीमा पानीको बहाव बढेको छ । 

पानीको बहाव बढेसँगै गड्डाचौकी भएर भारततर्फ जाने चार पाङग्रे सवारीसाधनलाई शारादा ब्यारेज (वनवासा पुल) बाट आवागमनमा रोक लगाएको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ । 

वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढ्दै गइरहेको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी नायव निरीक्षक डिकरदेव पन्तले जानकारी दिनुभयो । 

उहाँका अनुसार सोमबार दिउँसो महाकाली नदीमा पानीको बहाव १ लाख २८ हजार ५ सय क्युसेक मापन गरिएको छ । जुन यस वर्षकै उच्च बहाव हो । 

‘आज बिहानको भन्दा पानीको बहाव बढ्दै गएको छ ।” प्रहरी नायब निरीक्षक पन्तले भन्नुभयो, “वनवासा पुलमा दुई पाङग्रे सवारीसाधन र पैदलयात्रुलाई भने आवागमन खुल्ला नै छ ।” 

सोमबार दिउँसोपछि पुलमा आवागमन बन्द हुँदा खासगरी लामो दुरीका यात्रु समस्यामा परेका छन् । महाकाली नदी तटीय क्षेत्रका बासिन्दालाई वर्षात्का बेला संयमता अपनाउन आग्रह गरिएको छ । 

यसैगरी, कञ्चनपुर महाकाली नगरपालिका–१० मा पानीको निकास नहुँदा केही घर डुबानमा परेको स्थानीय सुरेश गिरीले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ