2026-06-28 12:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

बालीमा रोग तथा कीराको आक्रमण

2018-07-03

असार १९, ललितपुर | स्वस्थ बिरुवा, उपयुक्त मौसम र माटोको चिस्यानको अवस्था नमिल्दा बालीमा रोग तथा कीराले आक्रमण गर्ने गरेको छ । 

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको बाली रोग विज्ञान महाशाखाले बालीमा गरेको विभिन्न अध्ययनले बिरुवा, माटो, मौसमलगायतमा ध्यान नदिँदा रोगले सजिलै आक्रमण गर्ने पाइएको छ । 

सम्भव भएसम्म रोग अवरोधक जातमात्रै रोप्नुपर्ने महाशाखाकी वैज्ञानिक चेतना मानन्धर बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “कुन बिरुवा कुन ठाउँका लागि हो र बिरुवा स्वस्थ हो÷होइन बुझेरमात्रै रोप्नुपर्छ ।” एउटा ठाउँका लागि सुहाउँदो बिरुवा अर्को ठाउँमा लगाउँदा रोगले सताउने र उत्पादन कम हुन्छ । 

जलवायु परिवर्तनका कारण वर्षामा पानी नपर्ने र हिउँदमा पानी पर्न थालेको छ । किसानले समयमा बाली लगाउन पाएका छैनन् । कतिपय मौसम बालीका लागि उपयुक्त नहुँदा कीरा र रोगका लागि भने उपयुक्त हुन्छ । 

“कुन समयमा कुन बिरुवा रोप्ने भन्ने विचार गर्नुपर्छ,” मानन्धरले भन्नुभयो । 

माटोमा चिस्यानको अवस्था हेरेरमात्रै किसानले बिरुवा रोप्दा रोग तथा कीराको प्रकोप कम गर्न सकिन्छ । माटोमा ढुसी हुँदा विभिन्न उपाय अपनाएर त्यसलाई हटाएरमात्रै रोप्दा बिरुवा राम्ररी हुर्कन्छ । ढुसी, कीरा तथा रोग लाग्दा पनि पहिले किसानले जैविक उपचारतर्फ लाग्नुपर्छ । जैविक उपचारले काम नगरेको अवस्थामा मात्रै विषादी प्रयोग गर्नुपर्ने मानन्धरको सुझाव छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी