२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रम मन्त्रालय ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’को खाका बनाउन व्यस्त

२०७५, १९ असार मंगलवार १३:५०

मनोज पराजुली, असार १९, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’कार्यान्वयनको खाका बनाउने कामलाई तीब्रता दिएको छ। सरकारले आर्थिक वर्ष ७५/७६ को बजेट वक्तव्य मार्फत आन्तरिक रोजगारी प्रवर्द्धन गर्न प्रधानमन्त्री रोजगार कार्यक्रम चलाउने घोषणा गरेको थियो।

सोहि कार्यक्रम अनुरुप प्रधानमन्त्री रोजगार कार्यक्रमलाई कसरी कार्यन्वयनमा लैजाने विषयमा अन्तर मन्त्रालयगत रुपमा छलफललाई तीव्रता दिईएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रलायका प्रवक्ता एवं सहसचिव प्रकाश दाहालले जानकारी दिए ।

हाल मन्त्रालयगत रुपमा परेका बजेट अनुरुप के कति मात्रामा आन्तरिक रोजगारी दिन सकिन्छ भन्ने बारे छलफल केन्द्रित छ प्रवक्ता दाहाले भने “पूर्वाधार, कृषि, पर्यटन, वन लगाएतका क्षेत्रमा रोजगारी सृजना हुनसक्ने आधार तय गरि अगाडी बढ्दैछौं।’’   

सरकारले आगामी आर्थिक वर्षदेखि  हरेक स्थानीय तहबाट बेरोजगारहरुको लागत संकलन गर्ने तयारी समेत गरेको छ। साथै प्रधानमन्त्री रोजगार कार्यक्रमलाई हरेक स्थानीय तह मार्फत नै संचालन गर्ने नीति अपनाइने प्रवक्ता दाहालको भनाई छ।

बजेट मार्फत सरकारले न्युनतम १ सय २० दिनको रोजगारीको ग्यारेन्टी गरेको छ । सोहि कार्यक्रम अनुरुप स्थानीय तहसंग मिलेर प्रधानमन्त्री रोजगार कार्यक्रम अगाडी लैजाने तयारीमा सरकार जुटेको हो। सरकारले बेरोजगारलाई १ सय २० दिन रोजगारी दिन नसके सो बराबरको न्युनतम ज्याला दिने घोषणा गरेको छ।

आगामी आर्थिक वर्षको बजेटमा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सरकारले ३ अर्ब १० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। रोजगारीको लागि विदेश जानुपर्ने बाध्यतालाई अन्त्य गरी एक वर्षभित्रै ५ लाखलाई रोजगारी दिने सरकारले लक्ष्य राखेको छ। 





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल