२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

सूचना टाँस गरी प्रदेशसभाको बैठक स्थगित

२०७५, १९ असार मंगलवार १६:३९

असार १०, धनगढी (रासस) | आज अपराह्न ४ बजेका लागि बोलाइएको प्रदेश नं ७ को प्रदेशसभाको बैठक सूचना टाँस गरी स्थगित भएको छ । 

प्रदेशसभा सचिवालयका सचिव बालाराम शर्माले सामाजिक विकासमन्त्रीद्वारा टेबुल भएका तीन वटा विधेयक परिपक्व हुन १२० घण्टाको समय चाहिने र विधेयकको अध्ययनका लागि सदस्यलाई समयसमेत चाहिएकाले आज बोलाइएको बैठक सभामुखको आदेशमा स्थगित गरी असार २१ गते अपराह्न ४ बजेका लागि सारिएको जानकारी दिनुभयो । 

सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीले गाउँसभा र नगरसभा कार्य सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५, जिल्लासभा तथा जिल्ला समन्वय समिति सम्बन्धमा व्यवस्था गर्न बनेको ‘विधेयक २०७५ र प्रदेश आकस्मिक कोष विधेयक २०७५ माथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव सोमबारको बैठकमा टेबुल गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ