2026-09-14 07:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरका पशुचौपाया बाजुरामा व्यवस्थापन

असार २०, बाजुरा | ७ नं प्रदेशको कञ्चनपुर जिल्लाका पशुचौपाया बाजुराको बडीमालिका नगरपालिकामा व्यवस्थापन गरिएका छन् । 

बजारमा छोडिएका पशु चौपायालाई बाजुरामा ल्याएर नगरपालिकाका ९० परिवारलाई एक÷एक गाई वितरण गरिएको बडीमालिका नगरपालिका पशु शाखा, बाजुराका प्रमुख शंकर सिंहले जानकारी दिनुभएको छ । 

उहाँले दिएको जानकारीअनुसार कञ्चनपुरको झलारीबाट उन्नत जातका २० गाई र महेन्द्रनगरबाट ७० गाई गरी बडीमालिका नगरपालिका वडा नं १ देखि ९ का किसानलाई वितरण हो । गाईहरुलाई विभिन्न रोग लागेको हुनसक्ने भएकाले ती गाईलाई उपचारपछि मात्र बाजुरा ल्याइएको सिंहले बताउनुभयो । 

बजारमा छाडा छोडिएका उक्त गाई बाजुरामा व्यवस्थापन गर्नका लागि प्रदेश सरकारले निर्णयसहित बडीमालिका नगरपालिकालाई पत्र पठाएको बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले बताउनुभएको छ । 

उहाँले किसानलाई उन्नत जातका गाई ल्याएर वितरण गरिएको बताउनुभयो । उन्नत जातका गाई आर्थिक अभावबाट गाई खरिद गर्न नसक्नेलाई वितरण हुँदा राहत पुगेको नगर प्रमुख बडुवालको भनाइ रहेको छ । 

कञ्चनपुरबाट ल्याइएका ९० गाईको निःशुल्करुपमा पशु शाखाले पशु बीमा गर्ने सिंहले बताउनुभयो । आगामी वर्ष आर्थिक अभाव भएका कृषकलाई निःशुल्क वितरण गर्ने कार्यक्रम रहेको सिंहले राससलाई बताउनुभयो । 

नगरपालिकाअन्तर्गत रहेको शाखाले भैँसीलाई पोषण भत्ता दिने कार्यक्रम पनि ल्याएको बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ