२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

पश्चिमीनाकाबाट तीन महिलाको उद्धार

२० असार २०७५, बुधबार ०४:४८

असार २०, भीमदत्तनगर | कञ्चनपुरको गड्डाचौकी नाकाबाट भारत हुँदै अवैधरुपमा दुबई जान लागेका दुई महिलालाई मंगलबार नेपाल–भारत सीमा क्षेत्रबाट उद्धार गरिएको छ । 

तनहुँको देवघाट घर बताउने २६ वर्षीया गीता परियार र २६ वर्षीया शर्मिला परियारलाई इलाका प्रहरी कार्यालय, गड्डाचौकी र त्यहाँ तैनाथ थ्री एन्जल्स नेपालका कर्मचारीले उद्धार गरेका हुन् । 

दुवैजना काठमाडौँदेखि दिल्ली चल्ने पर्यटक बसमा भारततर्फ जाँदै गर्दा चेकजाँचका क्रममा गड्डाचौकीबाट उद्धार गरिएको थ्री एन्जल्स नेपाल, गड्डाचौकीमा कार्यरत लक्ष्मी गिरीले जानकारी दिनुभयो । 

“दुवैजनासित राहदानीसमेत रहेकाले सोधपुछ गर्दै जाँदा अभिभावकलाई समेत झुक्याएर भारतीय एजेण्टमार्फत दुबई जान हिँडेका रहेछन्,” गिरीले रासससित भन्नुभयो– “प्रारम्भिक अनुसन्धानमै दुवैजनाले दिल्ली हुँदै दुबई जान लागेको स्वीकार गरे ।” 

उद्धार गरिएकी गीता यसअघि दुई वर्ष दुबईमा रोजगारीका लागि गइसकेकी महिला हुन् भने शर्मिलाले पनि आफूले साउदी अरब र दुबई गरी छ वर्ष वैदेशिक रोजगारीमा बिताइसकेको बताइन् । 

“काठमाडौँमा श्रमको लफडा छ भनेपछि दुबईबाट भारतीय एजेण्टले दिल्ली हुँदै आउन भनेपछि यो बाटो हिँडेका थियौँ ।” गीता परियारले भनिन्– “भारतीय मोहमद इक्वालले हामीलाई दुबई बोलाउन लागेको हो ।” उनीहरुका अनुसार भारतीय नागरिक इक्वाल दुबईमा स्कूल सञ्चालक हुन् । 

प्रहरीले दुवैजनाका आफन्तसित सम्पर्क गराइसकेकाले परिवारका सदस्य आएपछि जिम्मा लगाउने जनाएको छ । “प्रारम्भिक अनुसन्धानमा दुवै महिलाले आफूहरुलाई श्रीमान्ले डिभोर्स दिइसकेको भनेका छन् ।” थ्री एन्जल्सका गिरीले भन्नुभयो– “घरमा अभिभावकलाई काठमाडौँ जान्छु भनेर हिँडेका रहेछन् ।” 

पर्यटक बसलाई चेकजाँचका क्रममा शंका लागेपछि अनुसन्धान गर्दा दलालमार्फत वैदेशिक रोजगारीमा जान लागेकाले नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ । 

त्यसैगरी, मंगलबार नै माइती नेपाल, कञ्चनपुरले दोधारा चादँनी झोलुंगे पुल हुँदै भारत जान लागेकी एक युवतीको उद्धार गरेको छ । झोलुंगे पुल हेर्ने बहानामा महाकाली नगरपालिका हुँदै भारत जान लागेकी सुर्खेतकी १९ वर्षीया युवतीलाई उद्धार गरिएको हो । 

उनलाई भारत लैजान लागेका बर्दियाको गुलरियाका २२ वर्षीय पुष्कर बैलकोटी र २४ वर्षीय प्रकाश बैलकोटीलाई समेत नियन्त्रणमा लिइएको छ । पक्राउपछि युवकद्वयलाई जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा राखिएको छ भने युवतीलाई माइती नेपालको संरक्षणमा राखिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य