2026-09-14 07:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

लिची खेतीमा पाल्पाका किसानको आकर्षण बढ्दो

कृष्ण दर्नाल/असार २०, पाल्पा | पहाडी जिल्ला पाल्पाको रम्भा गाउँपालिका–१, हुँगीमा व्यावसायिक रुपमा लिची उत्पादन गर्न थालेसँगै यहाँका किसानको जीवनस्तरमा सुधार आएको छ । 

व्यावसायिक लिची उत्पादनबाट यस आवमा ४० हजार किलोग्राम लिची एउटा वडाबाट निकासी भएको हो । किसानले लिचीको बिरुवासमेत आफैँ उत्पादन गरेर व्यावसायिकरुपमा लिची खेती गर्न थालेसँगै जीवनस्तर माथि उठेपछि यहाँका किसानहरु आकर्षित बनेका हुन् । 

किसानले फलाएको लिचीलाई प्रतिकिलो रु ७० मा बोटबाट नै खरिद हुँदै आएपछि किसान खुशी छन् । पाल्पाको हुगीमा उत्पादन हुने लिची पोखरा, स्याङ्जा, रुपन्देही र पाल्पाको स्थानीय बजारमा खपत हँुदै आएको छ । 

हुगीमा उत्पादित लिची राम्रो भएकाले बजारका लागि समस्या नहुने लिची किसान मीनप्रसाद अर्यालले बताउनुभयो । 

पहाडी जिल्ला पाल्पाको हुगीमा उत्पादित लिची नेपालको उत्कृष्ट रहेको यहाँका किसानको दाबी छ । हुगीमा उत्पादित लिचीको दाना (बियाँ) सानो हुने र लिचीको सेतो भाग बाक्लो, रसिलो हुने भएकाले यहाँको लिचीको बजार राम्रो रहेको लिची व्यवसायी दिनेश अर्यालले बताउनुभयो । 

उहाँले हुगीबाट तानसेन जाने सिधा बाटो नहुँदासम्म आफूले स्याङ्जाको गल्याङ्मा लिची बोकेर बजारको खोजी गरेको बताउनुभयो । कालीगण्डकी कोरिडर विस्तार भएपछि यहाँका किसान यातायातको पहुँचमा छन् । 

लिची खेती गरेका अर्जुनदेव पन्त करिब २०० बोटबाट अहिले दुई लाख ५० हजार आम्दानी गर्न सफल हुनुभएको छ । सोही स्थानका जोगबहादुर पछाई, जंगबहादुर सार्की, दुर्गाप्रसाद अर्याल, मीनप्रसाद अर्याल, बाबुराम पछाई, दानबहादुर पछाई, दीपक पछाई, अर्जुन पछाईले गाउँमा ठूलो मात्रामा लिची उत्पादन गर्न सफल भएका छन् । 

लिची खेतीबाट वार्षिक रु ५० हजारदेखि दुई लाख ५० हजार आम्दानी गर्ने करीब २० जनाभन्दा बढी किसान रहेका छन् । समतल र गर्मी मौसममा लिची राम्रो हुने गर्दछ । 

किसान पछिल्लो वर्ष लिचीखेतीतर्फ आकर्षित भएपछि आयस्रोत बढेको र रु पाँच हजारदेखि ५० हजारसम्म आम्दानी गर्ने करीब १०० घरपरिवारभन्दा बढी रहेको व्यवसायी अर्यालले जानकारी दिनुभयो । मकै उत्पादन गर्दै आएका यहाँका किसानले आगामी दिनमा मकैको बारीमा व्यावसायिक लिची खेती गर्ने सोचमा रहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले