प्रभात सुवेदी । असार २१, बर्दिया । 

प्रकृतिको लीला पनि बडो गजपको छ । मध्य बर्खा हुँदा पनि कतै सुख्खा खेतहरु छन् त कतै भने धमाधम रोपाईँ चलिरहेको छ । यसरी रोपाईँ चलिरहँदा घरमा कोही पनि नुहने र घरका बस्तुभाउहरु हेर्न य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । असार २१, बर्दिया । 

प्रकृतिको लीला पनि बडो गजपको छ । मध्य बर्खा हुँदा पनि कतै सुख्खा खेतहरु छन् त कतै भने धमाधम रोपाईँ चलिरहेको छ । यसरी रोपाईँ चलिरहँदा घरमा कोही पनि नुहने र घरका बस्तुभाउहरु हेर्न य"/>

२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

बाटोमा भेटिए बैंक म्यानेजर ! (भिडियो सहित)

२१ असार २०७५, बिहीबार ०१:०१

प्रभात सुवेदी । असार २१, बर्दिया । 

प्रकृतिको लीला पनि बडो गजपको छ । मध्य बर्खा हुँदा पनि कतै सुख्खा खेतहरु छन् त कतै भने धमाधम रोपाईँ चलिरहेको छ । यसरी रोपाईँ चलिरहँदा घरमा कोही पनि नुहने र घरका बस्तुभाउहरु हेर्न यतिखेर भने विद्यालयमा बर्खे विदा भएकोले जुटिरहेका छन् विद्यार्थीहरु ।

 

उनीहरुलाई बर्खे विदाको गृहकार्य गर्न पनि उत्तिकै चटारो पनि छ । त्यसैले त उनीहरु यसरी सडकछेउमै कक्षाकोठा नै खडा गरेर गृहकार्य गर्न मस्त थिए यसरी आधा दर्जन बालबालिकाहरु । घरमा पालिएका गाई, भैंसी, बाख्रा लगायतका बस्तुभाउहरु फाँटमा चराउँदै गृहकार्य गरिरहेका थिए उनीहरु ।

यसरी गृहकार्य गर्दै गरेका श्री नेपाल राष्ट्रिय नमूना माध्यमिक विद्यालय ढोढरीमा कक्षा ६ अध्ययन गर्दै गरेका १३ वर्षिय अनुराज थारुले एकातिर जङ्गल र अर्कोतिर सडक रहेको स्थानमा बसेर पढिरहेका थिए । तर उनको पढाइको ध्यान धेरै समय टिक्न सकेन किनकी उनले चराइरहेका राँगा भैँसी अर्काको खेतमा गएर केही खाइदिने पो हुन् कि भनेर दौडिहाले यसरी । 

यसैगरी मधुवन नगरपालिका अन्तर्गत ताराताल नजिकै बसेर आधा दर्जन बालबालिकाहरु यसरी पढिरहेका थिए । झट्ट हेर्दा जो कोहिलाई पनि बालापनको याद दिलाउने यो दृश्यले यहाँहरुलाई पनि आफ्नो बालापनको याद ताजा गरायो होला । एकातिर सवारी साधनहरुको तीब्र गतिको डर छ भने अर्कातिर चराउन लगिएका पशुहरु कतै जाने पो हुन् कि भन्दा पढाइमा मात्रै ध्यान केन्द्रित भएको थिएन । श्री शुक्र मा.वि. तारातालमा कक्षा ९ मा अध्ययन गर्ने सिमा खत्री मेधावी विद्यार्थीहरुमध्ये एक हुनुहुँदो रहेछ भन्ने कुरा हामीलाई वहाँको लेखन क्षमताबाटै आँकलन गर्न सहज भयो । यसैगरी कक्षा ६ मा अध्ययन गर्ने अर्का विद्यार्थी प्रकाश सुनारले भने गणितको समूह पाठबाट हिसावहरु गरिरहुनभएको थियो । 

विद्यालयका राम्रा पक्षहरुबारे भन्न अलि हिच्किचाइरहेपनि अर्की कक्षा ४ मा अध्ययन गर्ने सृष्टि पन्तले भने विद्यालयमा सबैभन्दा मन पर्ने शिक्षक रामु सर भएको बताउनुभयो । विद्यालयको राम्रो कुरा भनेको सबै मन पर्ने र अझै राम्रो हुन विद्यालयको चौर र शौचालय सफा राख्नुपर्नेमा जोड दिनुभयो ।

कक्षा ९ मा अध्ययन गर्ने सिमा खत्रीले भने एसइईमा ए प्लस ग्रेड प्राप्त गर्ने लक्ष्य रहेको र भविष्यमा गएर बैंक म्यानेजर बन्ने लक्ष्य रहेको बताउनुभयो । बाबा वैदेशिक रोजगारी र आमा घरकै काममा रहनुभएको एउटा दाजु पनि सँगसँगै पढ्ने गरेकोेले आफ्नो पढाइमा अझ टेवा पुगेको वहाँ बताउनुहुन्छ । 

हुने विरुवाको चिल्ल्लो पात भनेझै, गर्न चाहने र लगनशील विद्यार्थीले जहाँ जसरी भएपनि प्रगति गरेकै हुन्छ । भनिन्छ, ‘ढुङ्गाको काप फोडेर पनि पिपलको अजङ्घको रुखको रुप लिन्छ, त्यसैगरी यी सबै बालबालिकाहरुको सपना पनि साकार होस् शुभकामना । 

हेर्नुहोस् भिडियो 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट