प्रभात सुवेदी । असार २१, बर्दिया । 

प्रकृतिको लीला पनि बडो गजपको छ । मध्य बर्खा हुँदा पनि कतै सुख्खा खेतहरु छन् त कतै भने धमाधम रोपाईँ चलिरहेको छ । यसरी रोपाईँ चलिरहँदा घरमा कोही पनि नुहने र घरका बस्तुभाउहरु हेर्न य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । असार २१, बर्दिया । 

प्रकृतिको लीला पनि बडो गजपको छ । मध्य बर्खा हुँदा पनि कतै सुख्खा खेतहरु छन् त कतै भने धमाधम रोपाईँ चलिरहेको छ । यसरी रोपाईँ चलिरहँदा घरमा कोही पनि नुहने र घरका बस्तुभाउहरु हेर्न य"/>

२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

बाटोमा भेटिए बैंक म्यानेजर ! (भिडियो सहित)

२०७५, २१ असार बिहीबार ०१:०१

प्रभात सुवेदी । असार २१, बर्दिया । 

प्रकृतिको लीला पनि बडो गजपको छ । मध्य बर्खा हुँदा पनि कतै सुख्खा खेतहरु छन् त कतै भने धमाधम रोपाईँ चलिरहेको छ । यसरी रोपाईँ चलिरहँदा घरमा कोही पनि नुहने र घरका बस्तुभाउहरु हेर्न यतिखेर भने विद्यालयमा बर्खे विदा भएकोले जुटिरहेका छन् विद्यार्थीहरु ।

 

उनीहरुलाई बर्खे विदाको गृहकार्य गर्न पनि उत्तिकै चटारो पनि छ । त्यसैले त उनीहरु यसरी सडकछेउमै कक्षाकोठा नै खडा गरेर गृहकार्य गर्न मस्त थिए यसरी आधा दर्जन बालबालिकाहरु । घरमा पालिएका गाई, भैंसी, बाख्रा लगायतका बस्तुभाउहरु फाँटमा चराउँदै गृहकार्य गरिरहेका थिए उनीहरु ।

यसरी गृहकार्य गर्दै गरेका श्री नेपाल राष्ट्रिय नमूना माध्यमिक विद्यालय ढोढरीमा कक्षा ६ अध्ययन गर्दै गरेका १३ वर्षिय अनुराज थारुले एकातिर जङ्गल र अर्कोतिर सडक रहेको स्थानमा बसेर पढिरहेका थिए । तर उनको पढाइको ध्यान धेरै समय टिक्न सकेन किनकी उनले चराइरहेका राँगा भैँसी अर्काको खेतमा गएर केही खाइदिने पो हुन् कि भनेर दौडिहाले यसरी । 

यसैगरी मधुवन नगरपालिका अन्तर्गत ताराताल नजिकै बसेर आधा दर्जन बालबालिकाहरु यसरी पढिरहेका थिए । झट्ट हेर्दा जो कोहिलाई पनि बालापनको याद दिलाउने यो दृश्यले यहाँहरुलाई पनि आफ्नो बालापनको याद ताजा गरायो होला । एकातिर सवारी साधनहरुको तीब्र गतिको डर छ भने अर्कातिर चराउन लगिएका पशुहरु कतै जाने पो हुन् कि भन्दा पढाइमा मात्रै ध्यान केन्द्रित भएको थिएन । श्री शुक्र मा.वि. तारातालमा कक्षा ९ मा अध्ययन गर्ने सिमा खत्री मेधावी विद्यार्थीहरुमध्ये एक हुनुहुँदो रहेछ भन्ने कुरा हामीलाई वहाँको लेखन क्षमताबाटै आँकलन गर्न सहज भयो । यसैगरी कक्षा ६ मा अध्ययन गर्ने अर्का विद्यार्थी प्रकाश सुनारले भने गणितको समूह पाठबाट हिसावहरु गरिरहुनभएको थियो । 

विद्यालयका राम्रा पक्षहरुबारे भन्न अलि हिच्किचाइरहेपनि अर्की कक्षा ४ मा अध्ययन गर्ने सृष्टि पन्तले भने विद्यालयमा सबैभन्दा मन पर्ने शिक्षक रामु सर भएको बताउनुभयो । विद्यालयको राम्रो कुरा भनेको सबै मन पर्ने र अझै राम्रो हुन विद्यालयको चौर र शौचालय सफा राख्नुपर्नेमा जोड दिनुभयो ।

कक्षा ९ मा अध्ययन गर्ने सिमा खत्रीले भने एसइईमा ए प्लस ग्रेड प्राप्त गर्ने लक्ष्य रहेको र भविष्यमा गएर बैंक म्यानेजर बन्ने लक्ष्य रहेको बताउनुभयो । बाबा वैदेशिक रोजगारी र आमा घरकै काममा रहनुभएको एउटा दाजु पनि सँगसँगै पढ्ने गरेकोेले आफ्नो पढाइमा अझ टेवा पुगेको वहाँ बताउनुहुन्छ । 

हुने विरुवाको चिल्ल्लो पात भनेझै, गर्न चाहने र लगनशील विद्यार्थीले जहाँ जसरी भएपनि प्रगति गरेकै हुन्छ । भनिन्छ, ‘ढुङ्गाको काप फोडेर पनि पिपलको अजङ्घको रुखको रुप लिन्छ, त्यसैगरी यी सबै बालबालिकाहरुको सपना पनि साकार होस् शुभकामना । 

हेर्नुहोस् भिडियो 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला